Nepal Travel Book: Politics
Showing posts with label Politics. Show all posts
Showing posts with label Politics. Show all posts

Thursday, November 2, 2017

काङ्ग्रेस सभापति भएका शेरबहादुर एमालेमा प्रवेश, भिम रावलले गरे स्वागत !

6:33 PM
काङ्ग्रेस सभापति भएका शेरबहादुर एमालेमा प्रवेश, भिम रावलले गरे स्वागत !
चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पूर्व सभापति शेर बहादुर ढांटले बुधबार नेकपा एमालेमा प्रबेश गरेका छन् ।
२०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं. ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका हुन ।
२०४६ सालको आन्दोलन देखि तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत भइसकेका ढाटले नेकपा एमालेले मात्रै देशलाई निकास र विकास दिने सक्ने भएकोले काग्रेससंगको ३० वर्षिय राजनितिक यात्रालाई पूर्णविराम लगाएर एमालेमा आएको बताए । पूर्व पार्टी सभापतिसंगै एक दर्जन बढी युवाहरुले एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश नं. ७का ईन्चार्ज रावलले अधिकार प्राप्तीको लडाईलाई अब आर्थिक सम्बृद्धिसंग जोड्नु पर्ने बताएका छन् । पछिल्लो समयमा भएको बाम गठबन्धनलाई देखेर केही पार्टीहरुले नेपालमा साम्यवादको आउने भएको भन्दै २००६ साल देखीआज सम्मको स्थितिसम्म नेपाली काग्रेस अधिनायकवादको नमुना भएर प्रस्तुत भईरहेको रावलले बताए ।
चुनाव प्रचार अभियानमा जुटेको एमालेले बाजागाजा बजाएर उनलाई पार्टी भित्र्याएको हो ।
– ईमान्दार मिडिया
Read More

ललितपुर–१ बाट नवराज सिलवालले दिए उम्मेदवारी

5:24 PM
ललितपुर–१ बाट नवराज सिलवालले दिए उम्मेदवारी
काठमाडौं, कात्तिक १६ । प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन् । हालै मात्र नेकपा एमाले पार्टी प्रवेश गरेका सिलवाल वाम गठबन्धनको तर्फबाट सो क्षेत्रको उम्मेदवार बनेका हुन् । 
उनलाई नेकपा एमालेले सर्वसम्मत रुपमा सो क्षेत्रबाट आसन्न प्रतिनिधिसभाका लागि उठाएको हो । उनको प्रतिस्पर्धी उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट उदय शमशेर राणा रहेका छन् । 
प्रहरी सेवा रहँदा इमानदार, सक्षम र व्यावसायिक प्रहरी अधिकृतका रुपमा चिनिएका सिलवाल ललितपुर गोदावरी क्षेत्रका स्थायी बासिन्दा हुन् । प्रहरी सेवामै रहँदा अत्यन्त लोकप्रिय रहेका सिलवाल १ नम्बर क्षेत्रको उम्मेदवार बनेपछि उनको जितको माहोल सृजना हुन थालेको छ । 
वाम गठबन्धनको तर्फबाट ललितपुर–२ मा कृष्णलाल महर्जन र ललितपुर–३ मा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको तर्फबाट ललितपुर–२ मा चन्द्र महर्जन र ललितपुर–३ मा मदन अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।

Read More

कात्तिक २५ गते सार्वजनिक बिदा दिन माग

5:17 PM
कात्तिक २५ गते सार्वजनिक बिदा दिन माग
दमक, कात्तिक १६ । किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुले माग गरेका छन् ।
सरकारले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको भन्दै देशैभरि सार्वजनिक बिदाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु जयन्तीका दिन सार्वजनिक बिदाको घोषणा गरेका र गत वर्षको मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णयले समेत हरेक वर्ष कात्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सरकारद्वारा सार्वजनिक गरिएका बिदाका दिनहरुको सूचीमा भने किरात धर्मावलम्बीका लागि मात्रै भनी उल्लेख गरिएको छ ।
संघको विज्ञप्तिमा राष्ट्रिय विभूतिको जन्मजयन्तीमा कुनै एक सम्प्रदायका लागि मात्रै भनेर उल्लेख गरिनु नहुने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच १३३औँ महागुरु फाल्गुनन्द जयन्ती दुई दिनसम्म दमकमा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको संघले जनाएको छ । संघसहित किरात साम्यो सुनुगेल थक्सुबा, महागुरु फाल्गुनन्द स्मारक संरक्षण समिति, महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान, किरात युमा माङ्हिम, दमक २ र ५ किरात साम्यो मिङ्सो माङ्हिम, पाँङ्मी चोक दमकलगायत करिब एक दर्जन संघसंस्थाको संयुक्त सहआयोजनामा कात्तिक २४ र २५ गते विशेष महत्वका साथ महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउन तयारी गरिएको संघका सचिव संकल्प लिङ्देनले जानकारी दिनुभयो । (रासस)
Read More

महेशले सम्धी च्यापेपछि गुरुराज घिमिरे आउट

5:13 PM
महेशले सम्धी च्यापेपछि गुरुराज घिमिरे आउट
नेपाली कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले आफ्ना सम्धीको नाममा अडान नछोडेपछि युवा नेता गुरुराज घिमिरे प्रदेश सभा सदस्यको उम्मेदवार हुनबाट वञ्चित भएका छन्।
मोरङ ४ बाट केन्द्रीय सदस्य महेश आचार्यलाई कांग्रेसले प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। प्रदेश सभाको ‘क’ मा मुक्तिनाथ माझी थारु र ‘ख’ विश्वनाथ रिजालले टिकट पाएका छन्। युवा नेता घिमिरेको नाम जिल्लाले प्रदेश सभाको प्रत्यक्षतर्फ सिफारिस गरेपनि नेता आचार्यको अडानका कारण टिकट पाएनन्।
संसदीय समितिका सदस्यसमेत रहेका आचार्यले प्रदेश सभा प्रत्यक्षतर्फ रिजालको नाममा अडान लिएपछि घिमिरे टिकट पाउनबाट वञ्चित भएका हुन्। आचार्यले आफ्ना सम्धी रिजाललाई नै प्रदेश सभा सदस्यको उम्मेदवार बनाउनु पर्ने अडान संसदीय समितिमा लिएका थिए।

सभापति देउवासहितका नेताहरुले युवा नेता घिमिरेलाई टिकट दिनु पर्ने बताएपनि आचार्यले अन्तिमसम्म पनि आफ्ना सम्धीको नाममा अडान नछोडेको समितिका एक सदस्यले जानकारी दिए। उनका अनुसार मोरङको विराटनगर महानगरपालिका–१ का रिजाल नेता आचार्यका सम्धी हुन्।
Read More

बालकृष्ण ढुंगेलको मुद्दामा सर्वोच्चले गम्भीर त्रुटि गरेको खुलासा, जेल मुक्त हुन सक्छन् ढुंगेल

5:04 PM
बालकृष्ण ढुंगेलको मुद्दामा सर्वोच्चले गम्भीर त्रुटि गरेको खुलासा, जेल मुक्त हुन सक्छन् ढुंगेल

काठमाण्डु, १६ कात्तिक– सर्वोच्च अदालतले द्न्वद्वकालिन घटनामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको ८ वर्षपछि माओवादी केन्द्रका नेता एवं पूर्वसांसद् बालकृष्ण ढुंगेल मंगलबार ललितपुरबाट पक्राउ परे । काठमाण्डु जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले थमाएको थुनुवा पुर्जीमा बालकृष्णले १२ वर्षभन्दा बढी जेल बस्नुपर्ने उल्लेख छ ।
ढुंगेललाई सोही दिन (मंगलबारै) डिल्लीबजार सदरखोर कारागार लगियो । ढुंगेलमाथि माओवादी सशस्त्र द्वन्द्वका बेला भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले २०६६ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, ढुंगेल खुलेआम राजनीतिक गतिविधिमा संलग्न हुँदै आए पनि प्रहरीले पक्राउ गरेको थिएन । कतिपय अवस्थामा त ढुंगेल प्रहरी महानिरीक्षकसहित बहालवाला प्रहरी अधिकारीसँग एउटै सार्वजनिक मञ्चमा समेत देखिन्थे र पटकपटक समाचारको विषय बन्ने गर्थे । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । मंगलबार एकाएक पक्राउ परेपछि उनको विषयले चर्चा पाइरहेको छ । यद्यपि ढुंगेललाई सर्वोच्चका तत्कालिन न्यायाधीशहरु तपबहादुर मगर र राजेन्द्रप्रताप कोइरालाको संयुक्त इजसाले सुनाएको सर्वस्वसहित जन्मकैदको फैसलामा गम्भीर त्रुटि फेला परेको छ ।
ढुंगेललाई सरकारी वकिलको दाबीअनुसार सर्वोच्चले कर्तव्य ज्यानसम्बन्धी महलको १३ (१) (सर्वस्वसहित जन्मकैद) अनुसार कारबाही गर्न आदेश दिएको छ । फैसला गर्ने क्रममा घटना भएको हो कि होइन भन्ने पुष्टि गर्ने प्रयास गरिएको छ । त्यसमा उज्जनकुमारको शवको पोष्टमार्टम रिपोर्टले उनको हत्या भएकोपुष्टि गरेको जिकिर गरिएको छ । जबकि उज्जनकुमारको शव अहिलेसम्म फेला परेको छैन । उनकी दिदी सावित्री श्रेष्ठले समेत आफ्ना भाईको शव समेत गायब पारिएको बताउँदै आएकी छन् । फैसलामा अर्को पनि गम्भीर त्रुटि फेला परेको छ । हत्या भएको भनिएका व्यक्ति भुवन भनिने उज्जनकुमार हुन् । तर, न्यायाधीशको फैसलामा भुवन भनिने उज्वलकुमार लेखिएको छ ।
‘फैसलामा भनिएको छ, ‘पोष्टमार्टम रिपोर्टबाट मृतक भुवनकुमार भनिने उज्वलकुमारको (उज्जन हुनुपर्नेमा) कर्तव्यबाट भएको भन्नेमा विवाद भएन ।’
‘अहिलेसम्म फेला नपरेको शवको अदालतले कसरी पोष्टमार्टम भयो भन्ने दाबी गरेको ?’, ढुंगेलका कानुन व्यवसायी अधिवक्ता सशीतराज मैनालीले काठमाण्डुटुडेसँग भने, ‘मारिएको भनिएको व्यक्ति उज्जन हो, तर फैसलामा भुवन भन्ने उज्वलकुमार लेखिएको छ ।’ मैनालीले अदालतको फैसला गम्भीर त्रुटिपूर्ण भएको बताए । ‘लासै फेला नपरेको अवस्थामा कसले, कहाँ र कसरी पोस्टमार्ट)म गरेको हो ?’, मैनालीले प्रशन गरे । उनले यो हदसम्मको त्रुटि गर्ने छुट सर्वोच्च अदालतलाई नभएको टिप्पणी गरे । उनका अनुसार जिल्ला वा पुनरावेदन अदालतको गल्ती भएमा माथिल्लो अदालतले सच्याउन सक्छ । तर, सर्वोच्च भन्दा उपल्लो कोही नभएकाले त्यस्ता गम्भीर गल्ती हुन नहुने उनको भनाइ थियो । ‘यो फैसलाले न्यायालयको मर्यादा, स्वतन्त्रता र जनआस्थाप्रति गम्भीर प्रश्न उठाएको छ’, उनले भने । उनले फैसलाको कमजोर आधार हेर्दा राजनीतिक रुपमा असाध्यै पूर्वाग्रही भएर गरिएको फैसला भन्न सकिने बताए ।
अब के हुन्छ ?
मैनालीले ढुंगेलसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन गर्न सकिने बताए । तर, त्यसका लागि बालकृष्ण ढुंगेलले पुनरावेदन दिनुपर्छ । पुनरावलोकनको म्याद १ सय दिनको हुन्छ । ‘फैसलामा गम्भीर त्रुटि भएकाले सच्याई पाउँ भनी ढुंगेलले निवेदन दिन सक्छन्’, उनले भने । पुनरावलोकनमा गए फैसला सच्याउन सर्वोच्च बाध्य हुने जिकिर उनले गरे । ‘सर्वोच्चले पुनरावलोकन गर्न बाध्य हुनुपर्छ’, उनले भने, ‘पुनरावलोकनको विकल्पै छैन ।’ पुनरावलकोनबाट ढुंगेल रिहा हुनेमा मैनालीले विश्वास व्यक्त गरे ।
एमाले पूर्वसांसद समेत रहेका अधिवक्ता रेवतीरमण भण्डारीले अदालतको फैसलालाई ‘तथ्यमा गम्भीर त्रुटि भएको फैसला’ भएको बताए । उनेल पनि फैसलाको पुनरावलकोन हुने बताए । ‘तथ्यमा गम्भीर त्रुटि भएको फैसला हो’, उनले भने, ‘त्यस्तोमा पुनरावलोकनमा जान पाइन्छ ।’ भण्डारीका अनुसार न्यायप्रशासन ऐन– २०७३ ले कानुनी व्यवस्थामा त्रुटि भएको वा तथ्यमा त्रुटि भएको विषयमा पुनरावलोकनमा जान पाउने व्यवस्था गरेको छ ।
Read More

कोमल वलीलाई एमालेले पत्याएन,दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार

4:39 PM
कोमल वलीलाई एमालेले पत्याएन,दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार

केपी ओलीलाई छाडेर राम कार्कीसँग विश्वप्रकाश भिड्ने,कारण यस्तो छ

4:34 PM
केपी ओलीलाई छाडेर राम कार्कीसँग विश्वप्रकाश भिड्ने,कारण यस्तो छ
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं. १ मा उठाउने निर्णय गरेको छ । कांग्रेसको बालुवाटारमा जारी संसदीय समितिको बैठकले उनलाई झापा-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उठाउने निर्णय गरेको हो । यसअघि वाम गठबन्धनबाट झापा-१ मा माओवादीका राम कार्की उठ्ने टुंगो लागिसकेको छ । झापा-५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध शर्मा उठ्ने चर्चा चल्दै आएको थियो ।अनलाइनखबर कांग्रेसले संसदीय समितिको बैठकमा झापा जिल्ला समितिले झापाको क्षेत्र नं. २ मा उद्धव थापा, ३ मा कृष्णप्रसाद सिटौला, ४ मा देउमान थेबे र ५ मा डा. खगेन्द्र अधिकारीको नाम पेश गरेको छ । # समाचार #
Read More

भारतीय ‘रअ’ प्रमुखलाइ राजेन्द्र महतोको चेतावनी : यस्तै रहे भारत संग बदला लिइन्छ ,

4:26 PM
भारतीय ‘रअ’ प्रमुखलाइ राजेन्द्र महतोको चेतावनी : यस्तै रहे भारत संग बदला लिइन्छ ,
काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ ‘रअ’का नेपाल स्टेशसन चिफ विवेक जोहोरीले विमलेन्द्र निधिको क्षेत्रमा दुई नेताबीच हुन लागेको प्रतिस्पर्धाबारे चासो देखाएका छन् ।

देउवाले ‘रअ’का नेपाल प्रमुखलाई राजापा र कांग्रेसबीच भइरहेको सहमतिबारे कुराकानी गरेको स्रोतले जनाएको छ । धनुषा ३ मा राजपा नेपालका नेता राजेन्द्र महतोले उठ्न खोजेपछि ‘रअ’ प्रमुख जोहरीले चासो दिएको जनाइएको छ ।

देउवाले बालुवाटारमा वार्ताका लागि बोलाउँदा महतो नआएको गुनासो गर्दै वार्ताको वातावरण बनाइदिन जोहोरीलाई आग्रह गरेको स्रातले जनाएको छ ।

त्यस लगत्तै भारतीय दूतावासबाट राजपा नेताहरूलाई फोन आउन सुरु भएको थियो । प्रधानमन्त्री देउवाको फोन रिसिभ नगरेका नेता महतोले भारतीय दूतावासबाट आएको फोन उठाएका थिए ।

तर, धनुषा ३ मा सहमति गर्न नसक्ने जवाफ महतोले दिए । दूतावासबाट त्यसपछि राजपाका अन्य नेताहरूलाई फोन गएपछि उनीहरू वार्ताका लागि तयार भएको राजपाका एक नेताले बताए ।

दूतावासको फोनपछि आन्तरिक रुपमा उम्मेदवार छनौट गरिरहेका राजपा नेताहरूलाई वार्तामा बसेर कांग्रेससँग तालमेल गर्न दवाब बढ्यो । त्यो दवाब राजेन्द्र महतोलाई पनि दिइएको थियो । महतोले बालुवाटार बैठक अस्वीकार गरिदिए । उनी बुधबार राति प्रधानमन्त्री निवासै गएनन् ।

स्रोतका अनुसार राजेन्द्र महतोले भारतले भनेको सधै आफूले मानेको तर यसपटकट विमलेन्द्र निधि वा अमरेशकुमार सिंहमध्ये एउटालाई आफूले सिध्याउने बताएका थिए । ‘रअ’ प्रमुख जोहरीसँग महताले यस्तै खिचलोको अवस्था रह्यो भने भारतसँगको सम्बन्ध तोड्ने र बदलाल लिनेसम्मको चेतावनी दिएको स्रोतको भनाइ छ ।

बालुवाटारमा यसअघि बुधबार बिहान राजपा र कांग्रेसबीच बारा ३, ४ र सिराहा १ कांग्रेसले छोड्ने सहमति बनिसकेको थियो । सिराहा १ बाट कांग्रेसका प्रदीप गिरि उम्मेदवार बन्दैछन् ।
- दैनिक नेपाल 
Read More

Saturday, September 23, 2017

सिरहामा माओवादीको चौथो जित

10:23 PM
सिरहामा माओवादीको चौथो जित
माओवादी केन्द्रले सिरहाको मिर्चैया नगरपालिकामा जित निकालेको छ । माओवादी केन्द्रका उम्मेदवार श्रवणकुमार यादव मेयर र विजछी देवी उपमेयरमा विजयी भएका हुन् ।
मेयरमा विजयी यादव ४ हजार ७ सय ३६ मतका साथ विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादव ३३१७ मतमा रोकिए ।

उपमेयर विजयी माओवादीकी जीवछीदेवीले ४९३९ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्जलाकुमारी सिंहले ३ हजार २ सय ९९ मतमा सीमित भइन् ।
सिरहामा माओवादीको यो चौथो जित हो । यसअघि अर्नमा गाउँपालिका, कर्जन्हा नगरपालिका र औरही गाउँपालिकामा माओवादी विजयी भएको थियो ।
Read More

महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित

10:18 PM
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
प्रदेश नम्बर २ को स्थानीय तह चुनाव अन्तर्गत महोत्तरीमा कांग्रेसले खाता खोलेको छ ।

लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरका उम्मेदवार शैलेन्द्रकुमार यादव ४५२३ मतसहित निर्वाचित हुँदा उपमेयरमा सरितादेवी शर्माले ४५५२ मत ल्याइन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका हविव राईनले २९२९ र उपमेयरमा निशा साहले ३१०३ मत ल्याइन् ।
Read More

वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने

10:07 PM
वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । क्रान्तिकारी माओवादीको बिहीबार सम्पन्न केन्द्रीय सचिवालयको बैठिकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
यसअघि दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गरेको उक्त पार्टीले स्थानीय तह निर्वाचनमा भने उपयोग गर्ने रणनीतिअनुसार सहभागी भएको थियो । संविधानसभा बहिष्कार गरी संविधानप्रति असहमति जनाउँदै आएको वैद्य नेतृत्वको माओवादीले निर्वाचनमा सहभागी हुने निर्णय गर्दै मुठी चिह्न लिएर निर्वाचनमा जाने भएको आजको राजधानी दैनिकमा खबर छ ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई बहिष्कार गरेको तत्कालीन नेकपा माओवादीको गत वर्ष सम्पन्न केही समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको थियो । सोही अनुरुप क्रान्तिकारी माओवादीले पार्टीका वरिष्ठ नेता सीपी गजुरेलको अध्यक्षतामा चुनावी मोर्चा बनाएको हो ।
Read More

Sunday, July 9, 2017

शेर बहादुर देउवालाई प्रश्न गर्ने लाई बिशाल भण्डारीको प्रश्न || Ice Break with Bishal Bhandari

10:40 AM
शेर बहादुर देउवालाई प्रश्न गर्ने लाई बिशाल भण्डारीको प्रश्न || Ice Break with Bishal Bhandari

शेर बहादुर देउवालाई प्रश्न गर्ने लाई बिशाल भण्डारीको प्रश्न || Ice Break with Bishal Bhandari

The guy who asked the Prime Minister of Nepal Sher Bahadur Deuba some firing questions has his say on this very new episode of Ice Break with Bishal Bhandari.
Read More

मध्यरातमा बिमानस्थलको छड्के हान्दै गृहमन्त्री शर्मा! Home Minister Janardhan Sharma in Airport

10:32 AM
मध्यरातमा बिमानस्थलको छड्के हान्दै गृहमन्त्री शर्मा! Home Minister Janardhan Sharma in Airport

मध्यरातमा बिमानस्थलको छड्के हान्दै गृहमन्त्री शर्मा! Home Minister Janardhan Sharma in Airport
Read More

Tuesday, June 20, 2017

Bharatpur counting row: SC directs EC to present torn ballot papers within a week

6:37 PM
Bharatpur counting row: SC directs EC to present torn ballot papers within a week
Bharatpur counting row: SC directs EC to present torn ballot papers within a week  
Jun 20, 2017-

The Supreme Court on Tuesday directed the Election Commission (EC) to come up with the torn ballot papers of Bharatpur Metropolitan City-19, Chitwan before the court within a week.

A division bench of acting Chief Justice Gopal Parajuli and justice Hari Krishna Karki issued an order directing the concerned authorities to furnish the shredded ballot papers, EC’s decision to conduct re-polling and the file of court case against those involved in tearing up the ballot papers within a week.

The court was hearing a writ petition filed by Gunjaman BK, a ward member candidate for Bharatpur-19, and Tulsiram Pandey, an advocate, challenging the election body's decision.

The Election Commission (EC) had, on June 3, had decided to conduct re-polling in Ward 19 of Bharatpur Metropolitan City, saying a report submitted by Chitwan chief election officer showed that the counting centre was illegitimately taken under control.

Ninety ballot papers were allegedly torn by CPN (Maoist Centre) representatives when the counting of votes at Bharatpur Metropolitan City Ward-19 was underway on the night of May 28.

Some Maoist Centre representatives had allegedly torn ballot papers at around 11:45pm on May 28 when CPN-UML’s Mayoral candidate Devi Gywali was ahead of Maoist Centre’s Renu Dahal in the mayoral race of Bharatpur. Renu is daughter of Prime Minister Pushpa Kamal Dahal.

Responding to the writ earlier on June 5, the SC had stayed the EC decision to conduct re-election in Ward 19 of Bharatpur Metropolitan City and asked the authorities concerned to maintain status quo.

BK and Pandey had moved the apex court on June 4 demanding the court annul its decision to conduct re-election in Ward 19 of Bharatpur and order to resume vote counting.

The petitioners have argued that the poll body’s decision to conclude that the vote counting centre was captured and call for re-election was completely erroneous.

The hearing on Bharatpur vote count fiasco subjudice at the Supreme Court could not be held earlier on two occasions citing time constraints.

source: kathmandu post
Read More

Saturday, June 17, 2017

RJP-N’s tough stance stokes political crisis

11:28 AM
RJP-N’s tough stance stokes political crisis


RJP-N’s tough stance stokes political crisis
If what some Maoist Centre leaders say is anything to go by, there is more to this crisis than meets the eye

The Rastriya Janata Party-Nepal (RJP-N) on Friday snubbed the government’s decision to postpone polls in Province 2 and called for general strikes on Sunday, the nomination date for second phase of elections in Provinces 1, 5 and 7, pitching the country into political crisis.

A meeting of the RJP-N and Janajati forces, which have formed a broader alliance of Sanghiya Gathabandhan, on Friday categorically rejected Thursday’s government decision to postpone local polls in Province 2 until September 18, saying it was “a unilateral move” and that it hardly addressed their demands.
In a press statement, RJP-N leader Mahantha Thakur, also the coordinator of the Gathabandhan, said the agitating parties have not backtracked on their protests and that they will not participate in the elections.

RJP-N leader Keshav Jha said the agitating parties had demanded poll postponement in Province 5 as well. 

“By deciding to hold polls in Province 5, the government is in a bid to quash our agenda of increasing number of local units in Tarai districts on the basis of population,” said Jha.

But leaders of the governing parties claimed that Gathabandhan leaders including Thakur, Sharat Singh Bhandari, Mahendra Raya Yadav and Kumar Lingden had expressed commitment to join the polls if the government postponed the polls in Province 2.
Home Minister Janardan Sharma also said that the decision was taken after the RJP-N leaders gave their word that they would participate in the polls. “If they have taken some other decision, it’s up to them. The government will stick to its June 28 poll plan,” he said.

The Election Commission which had urged the government not to postpone polls on Thursday had later in the day decided to extend nomination filing date for Provinces 1, 5 and 7, where elections will take place on June 28, to Sunday to allow the agitating parties time to pick candidates. 

But the Gathabandhan instead has announced lathi rallies in all district headquarters of the Tarai region on Saturday and general strikes on Sunday, aiming to disrupt the process. The agitating parties have said they rescheduled the protests in line with their earlier announcement that they will foil the June 28 elections.
The CPN-UML, which has vehemently objected to the government decision of postponing the polls in Province 2, has questioned the motive behind the move, saying it suspects foul play.
UML General Secretary Ishwor Pokhrel said his party “will expose the governing parties’ intention”, which the party suspects “is a bid to extend the term of Parliament”. 

As per the constitution deadline, the current Parliament’s term will expire in January next year and the country must hold provincial and federal elections—after from local polls—before that.
“The Nepali Congress has not only cheated the RJP-N; it has also misled its coalition partner CPN (Maoist Centre) by delaying polls in Province 2, for fear of a drubbing,” said Pokhrel on Friday while addressing a party meeting in Dhumbarahi. 

But if what some Maoist Centre leaders say is anything to go by, there is more to this crisis than meets the eye.

A senior Maoist Centre leader, who did not want to be named, said the decision to postpone polls in Province 2 was orchestrated by Maoist Centre Chairman Pushpa Kamal Dahal—Prime Minister Sher Bahadur Deuba’s ally.

Asked how that would benefit the Maoists, the leader claimed that Nepali leaders “are sinking in the quicksand of a design of international players”.

source: kathmandu post

Read More

Friday, June 16, 2017

RJP-N reiterates its position to continue struggle

10:18 PM
RJP-N reiterates its position to continue struggle


RJP-N reiterates its position to continue struggle 
Jun 16, 2017-

Rastriya Janata Party-Nepal (RJP-N) has reiterated its decision to continue its protest programmes and not to take part in the second phase of local level elections slated for June 28.

A meeting of the RJP-N held at its office in Bijulibazaar, Kathmandu, on Friday made the decision accusing the government of postponing the second phase of local polls in Province 2 in a unilateral manner.

“The RJP-N meeting has decided to stick to its position of not participating in elections until the government addresses its demands,” read a statement issued by RJP-N Chairman Mahantha Thakur. “The party will continue its agitation as the government put off the polls against the agreement reached with it.”

The pre-announced protest programmes of RJP-N will continue until the government addresses its demands, the statement added.

The government on Thursday had decided to postpone the local level polls in Province 2 for September 18 to bring the agitating RJP-N on board the election process.

The RJP-N, however, has been demanding that the elections should be held after the amendment of constitution and increment of the local units on the basis of population.

The party has also been saying that the elections should be postponed in two provinces 2 and 5.
source: kathmandu post
Read More

Wednesday, June 14, 2017

राजपाले भन्याे- अान्दाेलन राेकेर वार्ताको जालझेलमा फस्दैनौं

6:50 AM
राजपाले भन्याे- अान्दाेलन राेकेर वार्ताको जालझेलमा फस्दैनौं

जेष्ठ ३०, २०७४- राष्ट्रिय जनता पार्टी नेपालले आफूहरु आन्दोलन रोकेर वार्ताको जालझेलमा नफस्ने जनाएको छ । राजपाका शीर्ष नेताहरु आन्दोलन परिचलानका लागि तराई–मधेसका जिल्लामा जाने भएकाले सरकारले बुधबारका लागि निर्धारण गरेको वार्तामा सहभागी हुन नसक्ने भएका छन् ।

राजपा नेता राजेन्द्र महतोले आफूहरूले उठाएको माग सम्बोधन हुने अवस्था आएपछि मात्रै छलफलमा बस्न सकिने बताए । ‘अध्यक्ष मण्डलसहित सबै नेताहरु बुधबारदेखि जिल्ला जाँदैछौं,’ उनले भने ‘आन्दोलनका लागि जिल्ला जान लागेका बेला त्यसलाई रोक्न सरकारले जालझेल गर्न खोजेको हुन सक्छ । त्यसका हामी फस्दैनौं ।’ उनले आफूहरूको माग पूरा नभएसम्म चुनावमा सहभागी हुन नसक्ने र आन्दोलनलाई उचाइमा पुर्‍याउने पार्टीको निर्णय रहेको सुनाए ।

उनले निर्वाचनको म्याद थप्नु आफूहरूको माग नरहेको भन्दै मुद्दाको सम्बोधनमा सरोकार रहेको बताए । ‘जति पटक म्याद थपे पनि मुद्दाको सम्बोधन भएन भने अवस्था यस्तै रहन्छ,’ उनले भने ‘त्रुटीपूर्ण संविधानलाई सच्याउने दिशामा प्रमुख दलहरु अग्रसर हुनुपर्‍यो । अनी मात्र चुनावको वातावरण बन्छ ।’

उनले संविधान संशोधन र जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्यामा वृद्धि आफूहरुको प्रमुख माग रहेको बताए । ‘हाम्रो माग सम्बोधनका लागि उहाँहरुलाई कति समय चाहिन्छ, त्यस अनुसारले निर्वाचनको तिथी सारे हुन्छ,’ उनले भने ‘हार्मी निर्वाचनका लागि प्रतिवद्ध छौं । सहभागी हुन खोजेका छौं । तर, हामीलाई रोक्ने प्रयत्न भइरहेको छ । माग पूरा गरेर वातावरण बनाइयोस, हामी निर्वाचनमा आउँछौं ।’

उनले आफूहरुको माग पूरा गर्न आइपर्ने कानुनी, संवैधानिक अडनलाई फुकाउने जिम्मेवारी सरकारको रहेको बताए । यहीस्थितिमा सरकारले जर्वजस्ती चुनाव गराए देश मुठभेडमा जाने र त्यसको जिम्मेवार प्रमुख दलहरु नै हुने उनले उल्लेख गरे ।

Read More

Tuesday, April 4, 2017

Friday, February 10, 2017

घरघरमा नयाँ शक्ति अभियान

8:36 AM
घरघरमा नयाँ शक्ति अभियान

भट्टराईले पार्टीमा दुईपटक भन्दा बढी कोही कार्यकारी नरहने र ७० वर्ष कटेपछि कार्यकारी पदमा नरहने भन्दै युवाशक्तिलाई कार्यकारी पदमा लैजाने बताए । पार्टीको ६ महिने ‘घरघरमा नयाँ शक्ति अभियान’ अन्तर्गत ३ लाख भन्दा बढी पार्टी सदस्य बनाउने लक्ष्य रहेकोले त्यसमा लाग्न कार्यकर्तालाई नेता भट्टराईले निर्देशन दिए ।
भट्टराईले स्थानीय, प्रदेश र केन्द्र तीन तहकै निर्वाचन हुुनुपर्ने जिकिर गर्दै त्यसको लागि आवश्यक तयारीमा रहन समेत कार्यकर्तालाई निर्देशन दिए । उनले कार्यकर्तालाई हिमाल चढ्ने लक्ष्य लिएर कमसेकम नाम्चेबजार सम्म पुग्न सकिने भन्दै हौसला दिए ।
#NayaSaktiNepal #NepalNayaSakti #Nepal

Read More

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजक डा. बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार

8:35 AM
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजक डा. बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजक डा. बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार (निजी क्षेत्र) नियुक्त हुनुभएको छ । उहाँलाई हार्दिक वधाई तथा शुभकामना छ ।

Read More