महेशले सम्धी च्यापेपछि गुरुराज घिमिरे आउट - Nepal Travel Book

Thursday, November 2, 2017

महेशले सम्धी च्यापेपछि गुरुराज घिमिरे आउट

नेपाली कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले आफ्ना सम्धीको नाममा अडान नछोडेपछि युवा नेता गुरुराज घिमिरे प्रदेश सभा सदस्यको उम्मेदवार हुनबाट वञ्चित भएका छन्।
मोरङ ४ बाट केन्द्रीय सदस्य महेश आचार्यलाई कांग्रेसले प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। प्रदेश सभाको ‘क’ मा मुक्तिनाथ माझी थारु र ‘ख’ विश्वनाथ रिजालले टिकट पाएका छन्। युवा नेता घिमिरेको नाम जिल्लाले प्रदेश सभाको प्रत्यक्षतर्फ सिफारिस गरेपनि नेता आचार्यको अडानका कारण टिकट पाएनन्।
संसदीय समितिका सदस्यसमेत रहेका आचार्यले प्रदेश सभा प्रत्यक्षतर्फ रिजालको नाममा अडान लिएपछि घिमिरे टिकट पाउनबाट वञ्चित भएका हुन्। आचार्यले आफ्ना सम्धी रिजाललाई नै प्रदेश सभा सदस्यको उम्मेदवार बनाउनु पर्ने अडान संसदीय समितिमा लिएका थिए।

सभापति देउवासहितका नेताहरुले युवा नेता घिमिरेलाई टिकट दिनु पर्ने बताएपनि आचार्यले अन्तिमसम्म पनि आफ्ना सम्धीको नाममा अडान नछोडेको समितिका एक सदस्यले जानकारी दिए। उनका अनुसार मोरङको विराटनगर महानगरपालिका–१ का रिजाल नेता आचार्यका सम्धी हुन्।

No comments:

Post a Comment