Friday, November 3, 2017
Thursday, November 2, 2017
काङ्ग्रेस सभापति भएका शेरबहादुर एमालेमा प्रवेश, भिम रावलले गरे स्वागत !
चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पूर्व सभापति शेर बहादुर ढांटले बुधबार नेकपा एमालेमा प्रबेश गरेका छन् ।
२०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं. ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका हुन ।
२०४६ सालको आन्दोलन देखि तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत भइसकेका ढाटले नेकपा एमालेले मात्रै देशलाई निकास र विकास दिने सक्ने भएकोले काग्रेससंगको ३० वर्षिय राजनितिक यात्रालाई पूर्णविराम लगाएर एमालेमा आएको बताए । पूर्व पार्टी सभापतिसंगै एक दर्जन बढी युवाहरुले एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश नं. ७का ईन्चार्ज रावलले अधिकार प्राप्तीको लडाईलाई अब आर्थिक सम्बृद्धिसंग जोड्नु पर्ने बताएका छन् । पछिल्लो समयमा भएको बाम गठबन्धनलाई देखेर केही पार्टीहरुले नेपालमा साम्यवादको आउने भएको भन्दै २००६ साल देखीआज सम्मको स्थितिसम्म नेपाली काग्रेस अधिनायकवादको नमुना भएर प्रस्तुत भईरहेको रावलले बताए ।
चुनाव प्रचार अभियानमा जुटेको एमालेले बाजागाजा बजाएर उनलाई पार्टी भित्र्याएको हो ।
– ईमान्दार मिडिया
Location:
Nepal
ललितपुर–१ बाट नवराज सिलवालले दिए उम्मेदवारी
काठमाडौं, कात्तिक १६ । प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन् । हालै मात्र नेकपा एमाले पार्टी प्रवेश गरेका सिलवाल वाम गठबन्धनको तर्फबाट सो क्षेत्रको उम्मेदवार बनेका हुन् ।
उनलाई नेकपा एमालेले सर्वसम्मत रुपमा सो क्षेत्रबाट आसन्न प्रतिनिधिसभाका लागि उठाएको हो । उनको प्रतिस्पर्धी उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट उदय शमशेर राणा रहेका छन् ।
प्रहरी सेवा रहँदा इमानदार, सक्षम र व्यावसायिक प्रहरी अधिकृतका रुपमा चिनिएका सिलवाल ललितपुर गोदावरी क्षेत्रका स्थायी बासिन्दा हुन् । प्रहरी सेवामै रहँदा अत्यन्त लोकप्रिय रहेका सिलवाल १ नम्बर क्षेत्रको उम्मेदवार बनेपछि उनको जितको माहोल सृजना हुन थालेको छ ।
वाम गठबन्धनको तर्फबाट ललितपुर–२ मा कृष्णलाल महर्जन र ललितपुर–३ मा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको तर्फबाट ललितपुर–२ मा चन्द्र महर्जन र ललितपुर–३ मा मदन अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।
Location:
Patan, Nepal
कात्तिक २५ गते सार्वजनिक बिदा दिन माग
दमक, कात्तिक १६ । किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुले माग गरेका छन् ।
सरकारले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको भन्दै देशैभरि सार्वजनिक बिदाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु जयन्तीका दिन सार्वजनिक बिदाको घोषणा गरेका र गत वर्षको मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णयले समेत हरेक वर्ष कात्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सरकारद्वारा सार्वजनिक गरिएका बिदाका दिनहरुको सूचीमा भने किरात धर्मावलम्बीका लागि मात्रै भनी उल्लेख गरिएको छ ।
संघको विज्ञप्तिमा राष्ट्रिय विभूतिको जन्मजयन्तीमा कुनै एक सम्प्रदायका लागि मात्रै भनेर उल्लेख गरिनु नहुने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच १३३औँ महागुरु फाल्गुनन्द जयन्ती दुई दिनसम्म दमकमा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको संघले जनाएको छ । संघसहित किरात साम्यो सुनुगेल थक्सुबा, महागुरु फाल्गुनन्द स्मारक संरक्षण समिति, महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान, किरात युमा माङ्हिम, दमक २ र ५ किरात साम्यो मिङ्सो माङ्हिम, पाँङ्मी चोक दमकलगायत करिब एक दर्जन संघसंस्थाको संयुक्त सहआयोजनामा कात्तिक २४ र २५ गते विशेष महत्वका साथ महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउन तयारी गरिएको संघका सचिव संकल्प लिङ्देनले जानकारी दिनुभयो । (रासस)
Location:
Damak, Nepal
महेशले सम्धी च्यापेपछि गुरुराज घिमिरे आउट
नेपाली कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले आफ्ना सम्धीको नाममा अडान नछोडेपछि युवा नेता गुरुराज घिमिरे प्रदेश सभा सदस्यको उम्मेदवार हुनबाट वञ्चित भएका छन्।
मोरङ ४ बाट केन्द्रीय सदस्य महेश आचार्यलाई कांग्रेसले प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। प्रदेश सभाको ‘क’ मा मुक्तिनाथ माझी थारु र ‘ख’ विश्वनाथ रिजालले टिकट पाएका छन्। युवा नेता घिमिरेको नाम जिल्लाले प्रदेश सभाको प्रत्यक्षतर्फ सिफारिस गरेपनि नेता आचार्यको अडानका कारण टिकट पाएनन्।
संसदीय समितिका सदस्यसमेत रहेका आचार्यले प्रदेश सभा प्रत्यक्षतर्फ रिजालको नाममा अडान लिएपछि घिमिरे टिकट पाउनबाट वञ्चित भएका हुन्। आचार्यले आफ्ना सम्धी रिजाललाई नै प्रदेश सभा सदस्यको उम्मेदवार बनाउनु पर्ने अडान संसदीय समितिमा लिएका थिए।
सभापति देउवासहितका नेताहरुले युवा नेता घिमिरेलाई टिकट दिनु पर्ने बताएपनि आचार्यले अन्तिमसम्म पनि आफ्ना सम्धीको नाममा अडान नछोडेको समितिका एक सदस्यले जानकारी दिए। उनका अनुसार मोरङको विराटनगर महानगरपालिका–१ का रिजाल नेता आचार्यका सम्धी हुन्।
बालकृष्ण ढुंगेलको मुद्दामा सर्वोच्चले गम्भीर त्रुटि गरेको खुलासा, जेल मुक्त हुन सक्छन् ढुंगेल
काठमाण्डु, १६ कात्तिक– सर्वोच्च अदालतले द्न्वद्वकालिन घटनामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको ८ वर्षपछि माओवादी केन्द्रका नेता एवं पूर्वसांसद् बालकृष्ण ढुंगेल मंगलबार ललितपुरबाट पक्राउ परे । काठमाण्डु जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले थमाएको थुनुवा पुर्जीमा बालकृष्णले १२ वर्षभन्दा बढी जेल बस्नुपर्ने उल्लेख छ ।
ढुंगेललाई सोही दिन (मंगलबारै) डिल्लीबजार सदरखोर कारागार लगियो । ढुंगेलमाथि माओवादी सशस्त्र द्वन्द्वका बेला भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले २०६६ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, ढुंगेल खुलेआम राजनीतिक गतिविधिमा संलग्न हुँदै आए पनि प्रहरीले पक्राउ गरेको थिएन । कतिपय अवस्थामा त ढुंगेल प्रहरी महानिरीक्षकसहित बहालवाला प्रहरी अधिकारीसँग एउटै सार्वजनिक मञ्चमा समेत देखिन्थे र पटकपटक समाचारको विषय बन्ने गर्थे । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । मंगलबार एकाएक पक्राउ परेपछि उनको विषयले चर्चा पाइरहेको छ । यद्यपि ढुंगेललाई सर्वोच्चका तत्कालिन न्यायाधीशहरु तपबहादुर मगर र राजेन्द्रप्रताप कोइरालाको संयुक्त इजसाले सुनाएको सर्वस्वसहित जन्मकैदको फैसलामा गम्भीर त्रुटि फेला परेको छ ।
ढुंगेललाई सरकारी वकिलको दाबीअनुसार सर्वोच्चले कर्तव्य ज्यानसम्बन्धी महलको १३ (१) (सर्वस्वसहित जन्मकैद) अनुसार कारबाही गर्न आदेश दिएको छ । फैसला गर्ने क्रममा घटना भएको हो कि होइन भन्ने पुष्टि गर्ने प्रयास गरिएको छ । त्यसमा उज्जनकुमारको शवको पोष्टमार्टम रिपोर्टले उनको हत्या भएकोपुष्टि गरेको जिकिर गरिएको छ । जबकि उज्जनकुमारको शव अहिलेसम्म फेला परेको छैन । उनकी दिदी सावित्री श्रेष्ठले समेत आफ्ना भाईको शव समेत गायब पारिएको बताउँदै आएकी छन् । फैसलामा अर्को पनि गम्भीर त्रुटि फेला परेको छ । हत्या भएको भनिएका व्यक्ति भुवन भनिने उज्जनकुमार हुन् । तर, न्यायाधीशको फैसलामा भुवन भनिने उज्वलकुमार लेखिएको छ ।
‘फैसलामा भनिएको छ, ‘पोष्टमार्टम रिपोर्टबाट मृतक भुवनकुमार भनिने उज्वलकुमारको (उज्जन हुनुपर्नेमा) कर्तव्यबाट भएको भन्नेमा विवाद भएन ।’
‘अहिलेसम्म फेला नपरेको शवको अदालतले कसरी पोष्टमार्टम भयो भन्ने दाबी गरेको ?’, ढुंगेलका कानुन व्यवसायी अधिवक्ता सशीतराज मैनालीले काठमाण्डुटुडेसँग भने, ‘मारिएको भनिएको व्यक्ति उज्जन हो, तर फैसलामा भुवन भन्ने उज्वलकुमार लेखिएको छ ।’ मैनालीले अदालतको फैसला गम्भीर त्रुटिपूर्ण भएको बताए । ‘लासै फेला नपरेको अवस्थामा कसले, कहाँ र कसरी पोस्टमार्ट)म गरेको हो ?’, मैनालीले प्रशन गरे । उनले यो हदसम्मको त्रुटि गर्ने छुट सर्वोच्च अदालतलाई नभएको टिप्पणी गरे । उनका अनुसार जिल्ला वा पुनरावेदन अदालतको गल्ती भएमा माथिल्लो अदालतले सच्याउन सक्छ । तर, सर्वोच्च भन्दा उपल्लो कोही नभएकाले त्यस्ता गम्भीर गल्ती हुन नहुने उनको भनाइ थियो । ‘यो फैसलाले न्यायालयको मर्यादा, स्वतन्त्रता र जनआस्थाप्रति गम्भीर प्रश्न उठाएको छ’, उनले भने । उनले फैसलाको कमजोर आधार हेर्दा राजनीतिक रुपमा असाध्यै पूर्वाग्रही भएर गरिएको फैसला भन्न सकिने बताए ।
अब के हुन्छ ?
मैनालीले ढुंगेलसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन गर्न सकिने बताए । तर, त्यसका लागि बालकृष्ण ढुंगेलले पुनरावेदन दिनुपर्छ । पुनरावलोकनको म्याद १ सय दिनको हुन्छ । ‘फैसलामा गम्भीर त्रुटि भएकाले सच्याई पाउँ भनी ढुंगेलले निवेदन दिन सक्छन्’, उनले भने । पुनरावलोकनमा गए फैसला सच्याउन सर्वोच्च बाध्य हुने जिकिर उनले गरे । ‘सर्वोच्चले पुनरावलोकन गर्न बाध्य हुनुपर्छ’, उनले भने, ‘पुनरावलोकनको विकल्पै छैन ।’ पुनरावलकोनबाट ढुंगेल रिहा हुनेमा मैनालीले विश्वास व्यक्त गरे ।
एमाले पूर्वसांसद समेत रहेका अधिवक्ता रेवतीरमण भण्डारीले अदालतको फैसलालाई ‘तथ्यमा गम्भीर त्रुटि भएको फैसला’ भएको बताए । उनेल पनि फैसलाको पुनरावलकोन हुने बताए । ‘तथ्यमा गम्भीर त्रुटि भएको फैसला हो’, उनले भने, ‘त्यस्तोमा पुनरावलोकनमा जान पाइन्छ ।’ भण्डारीका अनुसार न्यायप्रशासन ऐन– २०७३ ले कानुनी व्यवस्थामा त्रुटि भएको वा तथ्यमा त्रुटि भएको विषयमा पुनरावलोकनमा जान पाउने व्यवस्था गरेको छ ।
मैनालीले ढुंगेलसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन गर्न सकिने बताए । तर, त्यसका लागि बालकृष्ण ढुंगेलले पुनरावेदन दिनुपर्छ । पुनरावलोकनको म्याद १ सय दिनको हुन्छ । ‘फैसलामा गम्भीर त्रुटि भएकाले सच्याई पाउँ भनी ढुंगेलले निवेदन दिन सक्छन्’, उनले भने । पुनरावलोकनमा गए फैसला सच्याउन सर्वोच्च बाध्य हुने जिकिर उनले गरे । ‘सर्वोच्चले पुनरावलोकन गर्न बाध्य हुनुपर्छ’, उनले भने, ‘पुनरावलोकनको विकल्पै छैन ।’ पुनरावलकोनबाट ढुंगेल रिहा हुनेमा मैनालीले विश्वास व्यक्त गरे ।
एमाले पूर्वसांसद समेत रहेका अधिवक्ता रेवतीरमण भण्डारीले अदालतको फैसलालाई ‘तथ्यमा गम्भीर त्रुटि भएको फैसला’ भएको बताए । उनेल पनि फैसलाको पुनरावलकोन हुने बताए । ‘तथ्यमा गम्भीर त्रुटि भएको फैसला हो’, उनले भने, ‘त्यस्तोमा पुनरावलोकनमा जान पाइन्छ ।’ भण्डारीका अनुसार न्यायप्रशासन ऐन– २०७३ ले कानुनी व्यवस्थामा त्रुटि भएको वा तथ्यमा त्रुटि भएको विषयमा पुनरावलोकनमा जान पाउने व्यवस्था गरेको छ ।
डा. भोला रिजालको गीतले सबैलाई रूवायो … (हेर्नुहोस् भिडियो)
बुवा आमाप्रति सर्मपित “म छाहारी हु तिम्रो….” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डा. भोला रिजालको शव्द रचना वि.पि. वाग्लेको स्वर संगितमा रहेको यस गितको म्युजिक भिडियोमा टिका पहारी, सरिता गिरी तथा बालकलाकार अनुभव रेग्मीलगायतले अभिनय गरेका छन भने सिनेमाटोग्राफी राजन लामाको र निर्देशन नविन भट्टले गरेका हुन । साथै यस भिडियोको निमार्ण तथा वजार व्यवस्थापन मल्टिनेशलन प्रोडकसन कम्पनी मिसन इन्टरटेनमेन्ट प्रा.लि. ले गरेको छ ।
काठमाण्डौको पशुपती विकाश क्षेत्र वालुवाटार तथा अनामनगरका विभिन्न स्थानमा सुटिङ गरिएको म्युजिक भिडियो हेर्दा आफनो वुवा आमा र अहिलेको छोराछोरीहरुको विवसता तथा वेवास्ता देख्न पाईनेछ ।
म छाहारी हु तिम्रो ठुटो रुख होईन
म उज्यालो किरण हु कालो रात होईन
म चाहन्छु मिठो मिठो बोली सुन्न
आशु लुकाउछु खुशी देउ तिमी बाडन
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु
म उज्यालो किरण हु कालो रात होईन
म चाहन्छु मिठो मिठो बोली सुन्न
आशु लुकाउछु खुशी देउ तिमी बाडन
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु
औला समातेर हिडन सिकाए
झरी आधीबाट रुझदै जोगाए
तिमी लडन खोज्दा म आफै लडेर
कति विघन बाधाबाट तिमीलाई बचाए
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु
झरी आधीबाट रुझदै जोगाए
तिमी लडन खोज्दा म आफै लडेर
कति विघन बाधाबाट तिमीलाई बचाए
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु
तिम्रा्े जितको लागि सवथोक हार्ने
म त्यही हु पिडामा तिमिले पुर्काने
कहिले परिको कथा कहिले गित सुनाउदै
आफु रुदा पनि तिमीलाई हसाउने
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु
म त्यही हु पिडामा तिमिले पुर्काने
कहिले परिको कथा कहिले गित सुनाउदै
आफु रुदा पनि तिमीलाई हसाउने
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु
हेर्नुहोस् भिडियो :-
सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु, नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लाग्यो
Unknown
4:41 PM
About Nepal
सोलुखुम्बु : सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु भएको छ । नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो ।
सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले स्थलगतरुपमा प्रारम्भिक चरणको काम शुरु गरेको छ । विभागका अधिकृतसहित तीन जनाको टोली खटाएर गत बुधबारदेखि काम थालनी गरिएको हो ।
यही कात्तिक ७ गते सोलुखुम्बु आएको टोलीले भारतीय सर्वेक्षकले करिब ६० वर्ष अघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको छ । सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई÷दुई स्थानमा उक्त बिन्दु राखिएको बताइएको छ ।
टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ भने बाँकी खोज्नेक्रम जारी रहेको जनाएको छ । तत्काल जाडो बढेकाले अन्य थप काम गर्न नसक्ने भएपछि आजै उक्त टोली काठमाडौँ फर्किएको छ ।
दुई वर्षसम्म काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम शुरु गरेको विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिनुभयो । करिब ६० वर्षअघि भारतीय सर्वेक्षण टोलीले सगरमाथाको उचाइ नापेपछि पुनः उचाइ नाप्ने काम भएको थिएन । २०७२ को भूकम्पपश्चात सगरमाथाको अवस्था पत्ता लगाउनका लागि पनि उचाइ मापन गर्न लागिएको अधिकृत डंगोलले बताउनुभयो ।
बाह्र वटा बिन्दुमा लेभलिङ राखिने र सगरमाथाको चुचुरोमा जिपिएस सर्वेक्षण राखेर उचाइ मापन गरिने छ । उचाइ मापनका लागि विभागले सम्पूर्ण खाका तयार पारिसकेको बताइएको छ । प्रारम्भिक चरणको प्रतिवेदन तयार भएपछि सर्वेक्षक, विज्ञसहित अन्तर्राष्ट्रियस्तरको गोष्ठीमा थप छलफल हुने र गोष्ठीबाट स्वीकृत भएपछि मात्र उचाइ मापनले मान्यता पाउने छ ।
भारतीय सर्वेक्षक समूहले सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर भएको पुष्टि गरेको थियो । तर भूकम्पलगायतको कारण सगरमाथाको उचाइ घट्बढ भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालले गर्न लागेको यो सर्वेक्षणबाट उत्पन्न शंकाउपशंका हट्नेछ ।