ललितपुर–१ बाट नवराज सिलवालले दिए उम्मेदवारी - Nepal Travel Book

Thursday, November 2, 2017

ललितपुर–१ बाट नवराज सिलवालले दिए उम्मेदवारी

काठमाडौं, कात्तिक १६ । प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन् । हालै मात्र नेकपा एमाले पार्टी प्रवेश गरेका सिलवाल वाम गठबन्धनको तर्फबाट सो क्षेत्रको उम्मेदवार बनेका हुन् । 
उनलाई नेकपा एमालेले सर्वसम्मत रुपमा सो क्षेत्रबाट आसन्न प्रतिनिधिसभाका लागि उठाएको हो । उनको प्रतिस्पर्धी उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट उदय शमशेर राणा रहेका छन् । 
प्रहरी सेवा रहँदा इमानदार, सक्षम र व्यावसायिक प्रहरी अधिकृतका रुपमा चिनिएका सिलवाल ललितपुर गोदावरी क्षेत्रका स्थायी बासिन्दा हुन् । प्रहरी सेवामै रहँदा अत्यन्त लोकप्रिय रहेका सिलवाल १ नम्बर क्षेत्रको उम्मेदवार बनेपछि उनको जितको माहोल सृजना हुन थालेको छ । 
वाम गठबन्धनको तर्फबाट ललितपुर–२ मा कृष्णलाल महर्जन र ललितपुर–३ मा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको तर्फबाट ललितपुर–२ मा चन्द्र महर्जन र ललितपुर–३ मा मदन अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।

No comments:

Post a Comment