Nepal Travel Book: News
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Thursday, November 2, 2017

काङ्ग्रेस सभापति भएका शेरबहादुर एमालेमा प्रवेश, भिम रावलले गरे स्वागत !

6:33 PM
काङ्ग्रेस सभापति भएका शेरबहादुर एमालेमा प्रवेश, भिम रावलले गरे स्वागत !
चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पूर्व सभापति शेर बहादुर ढांटले बुधबार नेकपा एमालेमा प्रबेश गरेका छन् ।
२०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं. ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका हुन ।
२०४६ सालको आन्दोलन देखि तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत भइसकेका ढाटले नेकपा एमालेले मात्रै देशलाई निकास र विकास दिने सक्ने भएकोले काग्रेससंगको ३० वर्षिय राजनितिक यात्रालाई पूर्णविराम लगाएर एमालेमा आएको बताए । पूर्व पार्टी सभापतिसंगै एक दर्जन बढी युवाहरुले एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश नं. ७का ईन्चार्ज रावलले अधिकार प्राप्तीको लडाईलाई अब आर्थिक सम्बृद्धिसंग जोड्नु पर्ने बताएका छन् । पछिल्लो समयमा भएको बाम गठबन्धनलाई देखेर केही पार्टीहरुले नेपालमा साम्यवादको आउने भएको भन्दै २००६ साल देखीआज सम्मको स्थितिसम्म नेपाली काग्रेस अधिनायकवादको नमुना भएर प्रस्तुत भईरहेको रावलले बताए ।
चुनाव प्रचार अभियानमा जुटेको एमालेले बाजागाजा बजाएर उनलाई पार्टी भित्र्याएको हो ।
– ईमान्दार मिडिया
Read More

ललितपुर–१ बाट नवराज सिलवालले दिए उम्मेदवारी

5:24 PM
ललितपुर–१ बाट नवराज सिलवालले दिए उम्मेदवारी
काठमाडौं, कात्तिक १६ । प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन् । हालै मात्र नेकपा एमाले पार्टी प्रवेश गरेका सिलवाल वाम गठबन्धनको तर्फबाट सो क्षेत्रको उम्मेदवार बनेका हुन् । 
उनलाई नेकपा एमालेले सर्वसम्मत रुपमा सो क्षेत्रबाट आसन्न प्रतिनिधिसभाका लागि उठाएको हो । उनको प्रतिस्पर्धी उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट उदय शमशेर राणा रहेका छन् । 
प्रहरी सेवा रहँदा इमानदार, सक्षम र व्यावसायिक प्रहरी अधिकृतका रुपमा चिनिएका सिलवाल ललितपुर गोदावरी क्षेत्रका स्थायी बासिन्दा हुन् । प्रहरी सेवामै रहँदा अत्यन्त लोकप्रिय रहेका सिलवाल १ नम्बर क्षेत्रको उम्मेदवार बनेपछि उनको जितको माहोल सृजना हुन थालेको छ । 
वाम गठबन्धनको तर्फबाट ललितपुर–२ मा कृष्णलाल महर्जन र ललितपुर–३ मा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको तर्फबाट ललितपुर–२ मा चन्द्र महर्जन र ललितपुर–३ मा मदन अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।

Read More

कात्तिक २५ गते सार्वजनिक बिदा दिन माग

5:17 PM
कात्तिक २५ गते सार्वजनिक बिदा दिन माग
दमक, कात्तिक १६ । किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुले माग गरेका छन् ।
सरकारले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको भन्दै देशैभरि सार्वजनिक बिदाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु जयन्तीका दिन सार्वजनिक बिदाको घोषणा गरेका र गत वर्षको मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णयले समेत हरेक वर्ष कात्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सरकारद्वारा सार्वजनिक गरिएका बिदाका दिनहरुको सूचीमा भने किरात धर्मावलम्बीका लागि मात्रै भनी उल्लेख गरिएको छ ।
संघको विज्ञप्तिमा राष्ट्रिय विभूतिको जन्मजयन्तीमा कुनै एक सम्प्रदायका लागि मात्रै भनेर उल्लेख गरिनु नहुने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच १३३औँ महागुरु फाल्गुनन्द जयन्ती दुई दिनसम्म दमकमा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको संघले जनाएको छ । संघसहित किरात साम्यो सुनुगेल थक्सुबा, महागुरु फाल्गुनन्द स्मारक संरक्षण समिति, महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान, किरात युमा माङ्हिम, दमक २ र ५ किरात साम्यो मिङ्सो माङ्हिम, पाँङ्मी चोक दमकलगायत करिब एक दर्जन संघसंस्थाको संयुक्त सहआयोजनामा कात्तिक २४ र २५ गते विशेष महत्वका साथ महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउन तयारी गरिएको संघका सचिव संकल्प लिङ्देनले जानकारी दिनुभयो । (रासस)
Read More

नारायणगढ–मुग्लिन सडक धमाधम पिच,ध्यान दियर पड्नु होस्

4:37 PM
नारायणगढ–मुग्लिन सडक धमाधम पिच,ध्यान दियर पड्नु होस्
कार्तिक १६, २०७४-नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले धमाधम पिचको काम सुरु भएको छ । निर्माण सुरु गरिएको ३३.२ किमि सडकमध्ये ९ किलोमिटर पिच भइसकेको छ । सडकलाई तीन खण्डममा विभाजन गरी पिच गर्न थालिएको हो । सडक आयोजनाका अनुसार आँपटारीदेखि भतेरीसम्म ४ किलोमिटर पिच भइसकेको छ । यो खण्डमा पर्ने रामनगरमा भने पिच पछि गरिनेछ । त्यस्तै दासढुंगादेखि १६ किलोसम्म ३ किमि र सीमलतालदेखि रिग्दी खोलासम्म २ किमि पिच भएको छ । दासढुंगादेखि सिमलतालसम्मको खण्डमा पनि धमाधम काम भइरहेको छ । पिचको काम ०७३ चैतबाट सुरु भए पनि वर्षात र पहिरोले गर्दा बीचमा रोकिएको थियो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दसैंअघिबाट पुन: यसको काम सुरु भएको हो । ‘अहिलेसम्म निर्माणको काम ५६ प्रतिशत भएको छ,’ उनले भने,‘ पहिला रोकिएको पिचको काम दसैंअघिबाट सुरु गरिएको हो ।’ # कान्तिपुर बाट #
Read More

रत्नपार्क सडकमा ‘रमिता’,‘नाङ्गो’ व्यक्ति सडक बीचमा बसेपछि २ घण्टा ट्राफिक जाम !

4:35 PM
रत्नपार्क सडकमा ‘रमिता’,‘नाङ्गो’ व्यक्ति सडक बीचमा बसेपछि २ घण्टा ट्राफिक जाम !
काठमाडौं । बुधबार मध्यान्न साँढे १२ बजेको थियो । राजधानीको मुख्य भिडभाड हुने क्षेत्र रत्पार्कदेखि भृकुटीमण्डपसम्म व्यापक ट्राफीक जाम भयो । सँधै जसो सवारी चापका कारण ट्राफिक जाम झेलिरहेका राजधानीबासीले बुधबार पनि त्यस्तै सोचे । तर, न त सवारी चाप नै न भिआइपीको सवारी नै । झण्डै २ घण्टासम्म ट्राफिक जाम हुनुमा कारण थियो– एक नग्न मानिस ।
पर्यटन बोर्डको कार्यालय नजिकैको सडक मार्गको बीच भागमा ती व्यक्ती निशंकोच निर्वस्त्र अवस्थामा देखिएपछि सवारी आवागमनमा समस्या भयो । नजिकै रहेको एक ट्राफिकले उनलाई हटाउने कोशिस गरे । तर, सकेनन् । उनले उल्टै ट्राफिक जवानलाई हप्काए । केही बेरमा प्रहरीको एउटा टोली नै आएर उनलाई हटाउने प्रयास गर्दा पनि उनी ‘पलेटी’ कसेर बसिरहे ।
‘उहाँ उठ्न मान्नु हुन्न । हामीले यसअघि पनि उहाँलाई यहाँबाट उठाएका थियौँ । तर, फेरी आएर बस्नु भएछ,’ ति प्रहरीका असइले भने,‘केही बोल्नु हुन्न । मदिरा सेवन गर्नुभएको जस्तो देखिन्छ ।’
प्रहरीले उनलाई झण्डै घण्टाको प्रयासपछि त्यहाँबाट हटाएको थियो । यता यात्रुलाई भने सास्ती भइसकेको थियो । ‘एउटा जड्याहाले समेत २ घण्टा सडक जाम गरिदिने कस्तो देशमा जन्मेछौँ हामी,’ बालाजु जान बस कुर्दै गरेका रामकुमार यादवले भने,‘यति सानो कुरालाई त राज्यले नियन्त्रण गर्नु नी !’
यसरी बीच सडकमा ‘अनसन’ बस्ने व्यक्ती को हुन् भन्नेबारे भने प्रहरीले समेत पत्ता लगाउन सकेको छैन ।
Read More

Tuesday, July 11, 2017

Koteswor To Kalanki बाटो यसरी पिच हुँदै छ

4:42 PM
Koteswor To Kalanki बाटो यसरी पिच हुँदै छ

Koteswor To Kalanki बाटो यसरी पिच हुँदै छ

चाइनिज प्रविधिमा यो बाटो निर्माण हुँदै छ
Read More

राजधानीको सडक रातारात कालोपत्रे हुँदै - Kathmandu roads being blacktopped overnight

4:36 PM
राजधानीको सडक रातारात कालोपत्रे हुँदै - Kathmandu roads being blacktopped overnight

राजधानीको सडक रातारात कालोपत्रे हुँदै - Kathmandu roads being blacktopped overnight
Read More

गोर्खाल्याण्डमा भोकमरी शुरू, नेपालबाट पूग्यो खाद्यान्न र औषधी Gorkha Land !

3:33 PM
गोर्खाल्याण्डमा भोकमरी शुरू, नेपालबाट पूग्यो खाद्यान्न र औषधी Gorkha Land !

गोर्खाल्याण्डमा भोकमरी शुरू, नेपालबाट पूग्यो खाद्यान्न र औषधी Gorkha Land !
Read More

Monday, July 10, 2017

China contraction company making under pass road at kalanki chowk in Kathmandu Nepal

5:35 PM
China contraction company making under pass road at kalanki chowk in Kathmandu Nepal

हामीलाई बचाएकोमा धन्यावाद भन्दै दार्जिलिङबासीले गरे नेपालीहरुको जय जयकार/Darjeeling

5:31 PM
हामीलाई बचाएकोमा धन्यावाद भन्दै दार्जिलिङबासीले गरे नेपालीहरुको जय जयकार/Darjeeling

हामीलाई बचाएकोमा धन्यावाद भन्दै दार्जिलिङबासीले गरे नेपालीहरुको जय जयकार/Darjeeling
Read More

नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपालको दाल चामल- तनाबमा भारत -Gorkhaland News

5:29 PM
नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपालको दाल चामल- तनाबमा भारत -Gorkhaland News

नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपालको दाल चामल- तनाबमा भारत -Gorkhaland News
Read More

राष्ट्रपति ज्यु ! मरुभूमिबाट हामीले पठाएको रेमिटान्सले १६ करोडको कार माग्ने ??|Bidhyadevi Bhandari |

राष्ट्रपति विद्यादेवी भण्डारी माथि नेपालि चेलीको इतिहास कै कडा चेतावनी || १६ करोड को गाडी किन??

5:09 PM
राष्ट्रपति विद्यादेवी भण्डारी माथि नेपालि चेलीको इतिहास कै कडा चेतावनी || १६ करोड को गाडी किन??

राष्ट्रपति विद्यादेवी भण्डारी माथि नेपालि चेलीको इतिहास कै कडा चेतावनी || १६ करोड को गाडी किन??
Read More

Sunday, July 9, 2017

Train track in Kalanki Kathmandu

9:45 PM
Train track in Kalanki Kathmandu

New concept construction of road of kathmandu kalanki

8:22 PM
New concept construction of road of kathmandu kalanki

new concept construction of road of kathmandu kalanki

यस्तो बन्दैछ कलंकीको सडक Kalanki Underground Road
Read More

Underpass Road is being built in kalanki for the first time in Nepal ( A report by Nivesh Kumar)

8:18 PM
Underpass Road is being built in kalanki for the first time in Nepal ( A report by Nivesh Kumar)

Underpass Road is being built in kalanki for the first time in Nepal ( A report by Nivesh Kumar)

नेपालमै पहिलो पटक सवारी साधन जमिन मुनीवाट गुड्ने ‘अन्डरपास रोड’ निर्माण भइरहेको छ ।
Read More

Nepal's first underpass is being built at Kalanki

8:15 PM
Nepal's first underpass is being built at Kalanki

गोर्खाल्याण्ड अपडेट: भारतीय प्रहरीले यसरी ताकी ताकी गोली हान्यो / Gorkhaland

8:11 PM
गोर्खाल्याण्ड अपडेट: भारतीय प्रहरीले यसरी ताकी ताकी गोली हान्यो / Gorkhaland

गोर्खाल्याण्ड अपडेट: भारतीय प्रहरीले यसरी ताकी ताकी गोली हान्यो / Gorkhaland
Read More

गोर्खाल्याण्डमा फेरी एकको मृत्यु, रक्तकुण्ड बन्यो गोर्खाल्याण्ड / Gorkhaland Update

8:08 PM
गोर्खाल्याण्डमा फेरी एकको मृत्यु, रक्तकुण्ड बन्यो गोर्खाल्याण्ड / Gorkhaland Update

गोर्खाल्याण्डमा फेरी एकको मृत्यु, रक्तकुण्ड बन्यो गोर्खाल्याण्ड / Gorkhaland Update
Read More

भारतले फेरि दुःख दियो: सयौ ट्रक नाकामै रोकिए / Nepal - India Border

8:05 PM
भारतले फेरि दुःख दियो: सयौ ट्रक नाकामै रोकिए / Nepal - India Border

भारतले फेरि दुःख दियो: सयौ ट्रक नाकामै रोकिए / Nepal - India Border
Read More