सिरहामा माओवादीको चौथो जित - Nepal Travel Book

Saturday, September 23, 2017

सिरहामा माओवादीको चौथो जित

माओवादी केन्द्रले सिरहाको मिर्चैया नगरपालिकामा जित निकालेको छ । माओवादी केन्द्रका उम्मेदवार श्रवणकुमार यादव मेयर र विजछी देवी उपमेयरमा विजयी भएका हुन् ।
मेयरमा विजयी यादव ४ हजार ७ सय ३६ मतका साथ विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादव ३३१७ मतमा रोकिए ।

उपमेयर विजयी माओवादीकी जीवछीदेवीले ४९३९ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्जलाकुमारी सिंहले ३ हजार २ सय ९९ मतमा सीमित भइन् ।
सिरहामा माओवादीको यो चौथो जित हो । यसअघि अर्नमा गाउँपालिका, कर्जन्हा नगरपालिका र औरही गाउँपालिकामा माओवादी विजयी भएको थियो ।

No comments:

Post a Comment