महिन्द्राको एक्सयुभी ५००-अटोमेटिकको बुकिङ खुला - Nepal Travel Book

Wednesday, June 14, 2017

महिन्द्राको एक्सयुभी ५००-अटोमेटिकको बुकिङ खुला

XUV 500
३० जेठ, काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेडले आफ्नो निकै लोकप्रिय महिन्द्रा एक्सयुभी ५०० को नयाँ अटोमेटिक रेन्ज पनि ल्याएको छ ।

नयाँ न्यु एज एक्सयूभी ५०० अटोमेटिक सँग अब ग्राहकहरुको ड्राइभिङ अनुभव झनै प्रभावकारी हुने र उनीहरुले सिटी रोडमा आनन्द लिन सक्नेछन् ।



यसमा जस्तो सुकै कठिन अफ-रोडहरुमा पनि आरामका साथ यात्रा गर्न सक्नेमा कम्पनी विश्वस्त छ । गाडिहरुका लागि बुकिङ www.onlineagni.com मार्फत खुल्ला गरिएको छ ।

ग्राहकहरुले नजिकको शोरुम गएर पनि बुकिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ ।