मेलम्चीका कारण विद्युत आपूर्तिमा पटक-पटक समस्या - Nepal Travel Book

Wednesday, June 14, 2017

मेलम्चीका कारण विद्युत आपूर्तिमा पटक-पटक समस्या

Melamchi Road Construction 2017
३० जेठ, काठमाडौं । मेलम्चीको पाइपलाइन बिछ्याउँदा उचित समन्वय नहुँदा काठमाडौंको विद्युत आपूर्तिमा पटक-पटक समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरणले यसप्रति असन्तुष्टी जनाउँदै समन्वायत्मक रुपमा काम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मेलम्ची आयोजनाको काम गराइले काठमाडौंको विद्युत आपूर्तिमा अबरोध आएको बताए ।

‘न मौसम खराव छ, न प्रसारण लाइनमा कुनै समस्या छ। विद्युत उत्पादन घटेको स्थिति छैन । तर पाइप बिछ्याउँदा भएको त्रुटिकै कारण बारबार यस्तो घटना दोहोरिनु बिडम्बना हो’ अधिकारीले भनेका छन् ।

अधिकारीकाअनुसार आज पनि काठमाडौंको भृकुटीमण्डप फिडरमा मेलम्ची आयोजानाको कामबाट भूमिगत केबल क्षति पुगेको छ । डिल्लीबजार मालपोत नजिकै पनि यस्तै हुँदा एलटी केबल तथा टिभी तारहरु समेत जलेको थिए । दमकलले आगो निभाएको छ । यसअघि पनि विभिन्न स्थनमा भूमिगत केबल काटिँदा विजुली आपूर्तिमा पटक-पटक समस्या आएको थियो ।

प्राधिकरणले आफ्ना आफूसँग भूमिगत केबलको ब्यवस्थापन र रुटबारे जानकारी लिने गरी काम गर्न आग्रह गरेको छ ।
प्राधिकरणले अहिले वैकल्पिक ब्यबस्थाबाट विद्युत सुचारु गरिएको बताएको छ ।

समन्वय नगरी काम गर्दा बिजुली आपूर्तिमा धेरै समस्या आउन थालेको भन्दै प्राधिकरणले आयोजना कार्यान्वयन इकाइलाई प्राधिकरणसँग छलफल गरेर प्राविधिक जानकारी लिएर मात्रै काम गर्न अनुरोध गरेको छ ।