२६ भदौं, काठमाडौं । सेयर बजारमा गत साता दुई अर्ब १७ करोड २१ लख रुपैंयाँको कारोबार भएको छ । नेप्से परिसूचक पहिलो दिनको तुलनामा २ दशमलब शुन्य २ अंकले बढेर अन्तिम दिन ११६८ दशमलब ७१ अंकमा पुगे पनि कारोबार रकम भने अघिल्लो साताको भन्दा १३ दशमलब ८५ प्रतिशले घटेको हो ।
साताभरमा नेप्सेमा सूचिकृतमध्ये १६२ कम्पनीहरुको कारोबार भएको छ । ती कम्पनीका ५४ लाख ६२ हजार आठ सय ४० कित्ता सेयरहरु १०९३३ पटक कारोबार भएका हुन् ।
गत साता १६१ कम्पनीको ४० लाख ५२ हजार पाँच सय ७० कित्ता सेयर १०९२९ पटक किनबेच भएर दुई अर्ब ५३ करोड ९३ लाख ६८ हजार रुपैयाँको कारोबार भएको थियो ।
गत साता कारोबार रकमका आधारमा नबिल बैंक संस्थापक अग्रस्थानमा रह्यो । नबिलको १६ करोड ९२ लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसैगरी १४ लाख ११ हजार कित्ता सेयर कारोबार गरेर सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रह्यो ।
उता, कारोबार संख्याका आधारमा भने ५०१ कारोबार मार्फत प्रभु बैंक एक नम्बरमा रहन सफल भयो । कारोबार रकमका आधारमा १६ करोड कारोबार गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक दोश्रो, १० करोडको कारोबार गर्दै एभरेष्ट बैंक तेश्रो, ८ करोड ९४ लाख कारोबार गरेर एनआइसी एसिया बैंक चौथो