पूर्णिमा विकास बैंकले २३ प्रतिशत बोनस सेयर दिने - Nepal Travel Book

Saturday, September 12, 2015

पूर्णिमा विकास बैंकले २३ प्रतिशत बोनस सेयर दिने

२५ भदौं, काठमाडौं । पूर्णिमा विकास बैंकको भदौं २४ गते बसेको बैंक सञ्चालक समिती बैठकले सेयर धनीलार्इ चुक्ता पुँजीको २३ .२७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि बैंकका सेयरधनीहरुले २३ दशमलब २७ प्रतिशत बोनस सेयर पाउने छन् ।

बैंकले गत आर्थिक बर्षमा चार करोड ६३ लाख नाफा कमाएको थियो । १६ करोड ३६ लाख चुँक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ६ करोड ४८ लाख रहेको छ ।

बैंकले गत आर्थिक बर्षमा एक अर्ब ७९ करोड निक्षेप संकलन गरेर एक अर्ब ३३ करोड कर्जा लगानी गरेको थियो । बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैंयाँ छ ।