संसारका १६० देशमा ‘आलु’जस्तै छरिए नेपाली - Nepal Travel Book

Saturday, September 12, 2015

संसारका १६० देशमा ‘आलु’जस्तै छरिए नेपाली

ओबामाको अमेरिकादेखि बोकोहरामको देशसम्म


२६ भदौ, काठमाडौं । विश्वमा जहाँ पुगे पनि भेट्न सकिने चिज के हो ? धेरैलाई उत्तर थाहा होला-तरकारीका रुपमा प्रयोग हुने आलु । केही समययता विश्वमा भारतीयहरु यसरी फैलिए कि समय क्रममा उनीहरुलाई ‘आलुजस्तै इन्डियन’ भन्न थालियो ।

तर, आजभोलि विश्व जगतमा नेपाली समुदाय पनि त्यसैगरी फैलिँदै गर्दा नेपाली सरकारी अधिकारीहरु ‘इन्डियन र आलुजस्तै नेपाली’ भन्न थालिएको बताउँछन् ।

स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएपछि कामका लागि विदेश जाने नेपालीहरुले अहिले विश्वका अधिकांश मुलुकमा पाइला राखेका छन् । त्यसैले वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डित नेपालमा बढ्दो बेरोजगारी समस्याले ‘नेपाली कामदार पनि इन्डियन र आलुजस्तै यत्रतत्र सर्वत्र’ भएको टिप्पणी गर्छन् ।

एकसय ६० देशमा वैधानिक

कामका लागि विदेश जाने भन्ने सुन्नासाथ खाडी र केही युरोपेली मुलकलाई मात्र सम्भिmने धेरै छन् । तर, मान्नुस् नेपालीहरु कादारका रुपमा विश्वका अधिकांश कुनामा पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कलाई नै आधार मान्ने हो भने नेपालीहरु कामकै लागि विश्वका १ सय ६० भन्दा बढी मुलुकमा पुगेका छन् ।

संस्थागत रुपमा कामदार पठाउन एक सय १० देशमा खुला छ । तर, व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर सरकारले वैधानिकरुपमा नै एक सय ६० देशमा श्रमिक पठाएको छ ।

अवैधानिकमा कति-कति

सरकारले खुलाएका बाहेक अन्य देशमा कति कामदार अवैधानिक रुपमा जान्छन् भन्ने विभागलाई नै पत्तो छैन । ‘हामीले वैधानिक रुपमा पठाउने देश मात्रै एकसय ६० छ ।

तर, अवैधानिक रुपमा अरु धेरै राष्ट्रमा कामदार पुगेका छन्, हामीले इराक नजानु भनेपनि त्यहाँ जानेहरु अझै रोकिएका छैनन्, त्यस्तै अन्य धेरै मुलुकमा अवैधानिक रुपमा जाने प्रशस्तै छन् ‘ प्रमुख पण्डितले अनलाइनखबरसँग भने, ‘एसियाली, युरोपेली र अमेरिकीमात्र होइन अपि|mकी मुलुकसम्म पनि नेपाली कामदार पुगेको विभागको रेकर्डले देखाउँछ ।’

वर्णानुक्रममा भन्ने हो भने ‘ए’ (अफगानिस्तान) देखि ‘जेड’ जाम्बियासम्मका देशमा नेपालीहरु पुगेका छन् । विभागका अनुसार केही त्यस्ता मुलुकमा पनि नेपालीहरु कामका लागि गएका छन्, जुन समान्य मानिसको कल्पना भन्दा बाहिर हुन सक्छन् ।

हिंसाग्रस्त मुलुकमा पनि

नेपालीहरु कामका लागि हिंसाग्रस्त मुलुकमा पनि पुगेका छन् । अहिले बोको हरामको आतंक रहेको नाइजेरियामा पनि नेपाली कामका लागि पुगेको विभागको तथ्याङ्कले देखाउँछ । यसैगरी कर्णेल महोम्मर गद्दाफीको अन्त्यपछि गृहयुद्धका फसेको लिबियालाई पनि नेपालीहरुले श्रम गन्तब्य बनाएका छन् ।

अफगानिस्तान, इराक, केन्या, फिजी, युक्रेन लगायत धेरै हिंसाग्रस्त मुलुकमा नेपाली कामदार छन् । उनीहरु असुरक्षित महसुश भएपनि विदशेी मुद्रा आर्जन गरेर गरिविको रेखा मेटाउन प्रयासरत छन् ।

अफ्रिकी भूमिमा नेपाली पसीना

नेपाली कामदारहरु हिंसाग्रस्त र विकासोन्मुख खाडी राष्ट्रमा मात्रै छैनन् । उनीहरु विकासको चरम उत्कर्षमा पुगेका समृद्ध देशमा पनि पसिना चुहाइरहेका छन् ।

नेपालीहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, चीन, जापान, रसिया, स्पेन, सिंगापुर हङकङ, कोरियामा मात्रै होईन स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, ब्राजिल, बेल्जियम, नेदरल्याण्ड, न्युजल्याण्ड, मेक्सिको, कोलम्बिया, कोष्टारिका, क्रोयसिया, बोस्निया, रोमानिया लगायतका मुलुकसम्म पुगेका नेपालीहरु विदेशी भूमिमा आफ्ना र परिवारका सुन्दर भविश्य खोजिरहेका छन् ।

नेपालीहरु अफ्रिकी मुलुक साउथ अफ्रिका, अल्जेरिया, केन्या, तान्जानिया, मोरक्को, मोजाम्बिक, जाम्बिया, सिसेस, ट्युनेसिया लगायतका देश पनि नेपाली कामदारको कर्मथलो बनेका छन् ।

ठग्नेहरु सक्रिय

धेरै देशमा नेपालीहरु जाने क्रम बढेसंगै त्यसैलाई आधार बनाएर ठग्ने क्रम सुरु भएका छन् । सम्बृद्ध र केही परका देशका नाम लिएर काममा पठाईदिने आश्वासन दिएर ठग्ने प्रचलन निकै कढेको विभागले जनाएको छ । ‘केही दलालहरुले सम्पन्न देशका नमा लिन्छन् ।

कामका लागि त्यही देश पुगेका केहीका प्रमाण दिन्छन् र यहाँ ठगी धन्दा चलाउँछन् ।’ प्रमुख पण्तिले भने, ‘दलालको भरमा परेर सम्पन्न दशेमा पुग्ने सपना देख्दा धेरै युवा ठगिएका छन् । होस पुर्‍याउनुपर्छ ।’