राष्ट्रपतिले प्रचण्डलाई भने- संविधानमा हस्ताक्षर गर्न तयार छु - Nepal Travel Book

Thursday, September 10, 2015

राष्ट्रपतिले प्रचण्डलाई भने- संविधानमा हस्ताक्षर गर्न तयार छु

२४ भदौ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार शीतलनिवासमा भेटवार्ता भएको छ ।
भेटका क्रममा राष्ट्रपतिले आन्दोलनकारी दलहरुलाई संविधानसभाको प्रक्रियामा सहभागी गराउन प्रचण्डसँग आग्रह गरेका छन् । भेटमा संविधान निर्माण प्रक्रिया र आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन भइरहेको पहलबारे प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

भेटमा राष्ट्रपति यादवले आन्दोलनरत पक्षलाई जारी संविधान निर्माण प्रक्रियामा सहभागी गराउन आग्रह गरेको स्रोतले बतायो । संविधानसभाले बनाएको संविधानमा आफूले हस्ताक्षर गर्ने राष्ट्रपतिले बताएका छन् ।

जवाफमा एमाओवादी अध्यक्ष प्रचण्डले तीन दलका शीर्ष नेताहरुले बुधबार साँझ वार्ताका लागि संयुक्त अपील गरेको र वार्ताको पहल भइरहेको राष्ट्रपतिलाई जानकारी दिएका थिए ।