जनकपुरमा एसपीलाई लक्षित गरी पेट्रोल बम प्रहार - Nepal Travel Book

Thursday, September 10, 2015

जनकपुरमा एसपीलाई लक्षित गरी पेट्रोल बम प्रहार

२४ भदौ, काठमाडौं । जनकपुरको भानुचोकमा प्रदर्शनकारीले सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुरलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् ।

विहीबार विहान सुरक्षा अवस्था बुझ्न जनकपुर बजार क्षेत्रमा निस्किएका ठाकुर सवार गाडीमा आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेका हुन् । आक्रमणबाट कुनै क्षति भएको छैन ।

जनकपुरका बिभिन्न स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।