श्रावण ९ -
गत असार २९ गते २०९ औं भानुजयन्ती मनाइयो। यही अवसरमा हाम्रो विद्यालयमा पनि भानुजयन्ती कार्यक्रम आयोजना गरिएको थियो। आदिकवि भानुभक्त आचार्यलाई सम्झिँदै हाम्रा साना साना साथीहरूले आदिकवि भानुभक्तको जीवनीमा आधारित एकांकी नाटकमा अभिनय गरेका थिए। ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं हाम्रा साना साथीहरूले धेरै राम्रो अभिनय गरेका थिए। त्यसपछि कविता वाचनको पालो आएको थियो। मैले पनि कविता पाठ गर्ने भएको थिएँ। पहिला धेरै डर लाग्यो तर मञ्चमा गएपछि मन शान्त भयो। आफूले लेखेको कविता आफैंले पढ्दा दंग भएँ म। कविता ठिकै थियो। तर मलाई आफूमाथि धेरै नै विश्वास लागेको थियो। आत्मविश्वाससहित मैले कविता वाचन गरें। कविताको अन्त्य गर्दै मञ्चबाट बिदा भएँ। घरजाने बेला गुरुआमाले विजेताको नाम घोषणा गर्नुभयो। म प्रथम भएँ। म दंग परें। पोहोर साल दोस्रो भएको थिएँ। योपालि प्रथम भएपछि अझै केही गर्न सक्छु भन्ने लागेको छ। आत्मविश्वास बढेको छ। आँट बढेको छ।
आश्मा पाण्डे
कक्षा–६ काठमाडौं प्रज्ञाकुञ्ज स्कुल।
प्रकाशित मिति: २०७२ श्रावण १० १२:४२ || Kopila || ekantipur || Nepal Travel Book ||