मनको दैलो खोल - Nepal Travel Book

Wednesday, August 5, 2015

मनको दैलो खोल

श्रावण १६ -
खोला बग्छ तल तल माथि हुन्छ पुल

रिस, राग, क्रोध, दम्भ आज सबै भूल

ठूलो बन्न सजिलो छ, असल हुन गाह्रो

अल्छीलाई काम जस्तो नगर्नु नै साह्रो

मनको दैलो खोल कविता संग्रहको ‘भोलि भनी नसाँच’ शीर्षकको हो माथिको अंश । यो कविता संग्रहका रचनाकार हुन् पेशल आचार्य । यो एक बालकविता संग्रह हो । रत्नसंसार प्रकाशनबाट प्रकाशित यस कविता संग्रहमा २९ वटा कविता छन् । कमिलाको ताँती कविको पहिलो बाल सिर्जना हो । त्यही सिर्जनापछि उनी बालसाहित्यमा आकर्षित भएका रहेछन् ।

यस कविता संग्रहमा चरी भरर, ज्ञानगंगा सुसाउँछ बग्दै सलल, कलकल, मनको दैलो खोल, परिश्रमकै धन, कविता मलाई असाध्यै मन पर्‍यो । बाल कविता भनिए पनि सबै रचना बालकविताजस्ता लाग्दैनन् । बुझ्न जटिल पनि छन् केही केही कविता । त्यसबाहेक कविताहरू शिक्षामूलक छन् । ज्ञानवद्र्धक छन् ।

अहिले लाग्छ म त फेरि बालक बनी जिऊँ

खोजी हिँड्छु चारैतिर कस्को बालापन लिऊँ ?

भेडीगोठ सार्दा माथि कति खेल्थ्यौं हिउ

अहिले लाग्छ मत फेरि बालक बनी जिऊँ ।

? सुजिता न्यौपाने

प्रकाशित मिति: २०७२ श्रावण १७ १०:१२  || Kopila || ekantipur
Nepal Travel Book