मन्त्रालय - Nepal Travel Book

Wednesday, August 5, 2015

मन्त्रालय

श्रावण ९ -
भाइबहिनी हो, हाल नेपालमा कतिवटा मन्त्रालय छन्? पक्कै पनि यसको उत्तर दिन धेरै भाइबहिनीहरूलाई गारो पर्ला। हामीले यो अंकमा मन्त्रालय र तिनको मुख्य जिम्मेवारीबारे चर्चा गर्नेछांै। नेपालमा हाल २६ वटा मन्त्रालय छन्। प्रधानमन्त्री कार्यालयबाहेकको संख्या हो यो। नेपालको शान्ति सुरक्षा प्रदान गर्नका लागि गृह मन्त्रालय छ। गृहमन्त्री वामदेव गौतम हुन्। परम्परागत संस्कृति क्षेत्र र पर्यटनमा काम गर्नै मनत्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन हो। मन्त्री कृपासुर शेर्पा हुन्। मुलुकभर सञ्चालित सहकारी र गरिबी निवारणका लागि काम गर्ने मन्त्रालय सहकारी तथा गरिबी निवारण हो। मन्त्री भने प्रधानमन्त्री सुशील कोइराला नै हुन्। उनले प्रधानमन्त्रीबाहेक विज्ञान, प्रविधि तथा वातारण र रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन्। विज्ञान प्रविधिको काम आधुनिक विज्ञान प्रणालीको विकास गर्नु हो। रक्षा मन्त्रालयको काम सेनासम्बन्धी काम र मुलुकको समग्र आन्तरिक र बाह्य सुरक्षाका विषयमा हेर्ने हो। शिक्षा मनत्रालयबारे पक्कै पनि धेरै भाइबहिनीलाई जानकारी हुन सक्छ। मुलुकको समग्र शिक्षाको विकास, प्रणालीबारेमा काम गर्ने हो। शिक्षा मन्त्री चित्रलेखा यादव रहेकी छन्।

सरकारले खर्च गर्ने रकम (स्रोत) जुटाउने र खर्च गर्न रकम दिने मन्त्रालय अर्थ हो। अर्थमन्त्री रामशरण महत छन्। विभिन्न देशमा राजदूत राख्ने र त्यसको प्रशासनिक काम गर्ने मन्त्रालय भने परराष्ट्र हो। यो मन्त्रालयले विभिन्न देशबीचको सम्बन्धको विषयमा पनि काम गर्छ। परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे छन्। नेपालको प्राकृतिक सम्पदा र जमिन (भू) को सुरक्षा, रेखदेख र कार्यक्रम बनाउने मन्त्रालयल वन तथा भूसंरक्षण हो। मन्त्री महेश आचार्य छन्। सरकारी कर्मचारीको सेवा सुविधा, सरुवा, बढुवा लगायतको विषयमा काम गर्ने मन्त्रालय सामान्य प्रशासन हो। समान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन्। विभिन्न स्वास्थ्य चौकी, नागरिकको स्वास्थ्य सुधारका विषयमा काम गर्ने मुख्य जिम्मेवारी पाएको मन्त्रालय स्वास्थ्य तथा जनसंख्या हो।

खगराज अधिकारी मन्त्री हुन्। नेपाल कृषिप्रधान मुलुक हो। धेरैजसो व्यक्ति कृषिमा आबद्ध छन्। कृषिको विकास र व्यवस्थापनको जिम्मेवारी पाएको मन्त्रालय कृषि विकास हो। खाद्यान्न तथा पेट्रोलियम पदार्थको आयात, भण्डारण वा व्यवस्थापनसम्बन्धी काम गर्ने मन्त्रालय वाणिज्य तथा आपूर्ति हो। सुनीलबहादुर थापा यसका मन्त्री हुन्। अर्को मन्त्रालय सूचना तथा सञ्चार हो। यो मन्त्रालय मिनेन्द्र रिजालले सम्हालेका छन्। श्रम तथा रोजगारको क्षेत्रमा काम गर्ने मन्त्रालय श्रम तथा रोजगार हो। यो मन्त्रालय हाल टेकबहादुर गुरुङले सम्हालिरहेका छन्। निजी तथा सरकारी जग्गाजमिनसम्बन्धी काम गर्ने मन्त्रालय भूमिसुधार तथा व्यवस्था हो। दलबहादुर राना मन्त्री छन्। नेपालको समग्र कानुनी पाटो हेर्नका लागि कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय छ। मन्त्री भने नरहरि आचार्य हुन्। ठूला ठूला विकास निर्माण र यातायातको क्षेत्रमा काम गर्न भौतिक पूर्वाधार तथा यातायातलाई जिम्मेवारी दिइएको छ। विमलेन्द्र निधि यो मन्त्रालयका मन्त्री हुन्। गाउँ विकास समिति, जिल्ला विकास समिति तथा नगरपालिका क्षेत्रको स–सानो विकास निर्माणका काम गर्ने मन्त्रालय संघीय मामिला तथा स्थानीय विकास हो। यसको जिम्मेवारीमा प्रकाशमान सिंह छन्। जलविद्युत्को विकासको विषयमा काम गर्ने मन्त्रालय ऊर्जा हो। ऊर्जा मन्त्री राधाकुमारी ज्ञावली हुन्। महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगहरूको क्षेत्रका काम गर्नका लागि पनि छुट्टै मन्त्रालय छ। त्यो हो– महिला बालबालिका तथा समाज कल्याण। यसको मन्त्री निलम केसी हुन्। १० वर्षे द्वन्द्वपछिको अवस्था सुधारका लागि छुट्टै मन्त्रालय तोकिएको छ। २०६२/६३ को शान्ति सम्झौता पनि शान्ति तथा पुनर्निर्माण मन्त्रालय गठन भएको हो। यसको काम द्वन्द्ववाट पिडित भएकाहरूको विषयमा काम गर्ने, ध्यवस्त संरचना बनाउने हो। हाल यसको जिम्मेवारी कानुन मन्त्री नरहरी आचार्यले नै सम्हालीरहेका छन्। औद्योगिक क्षेत्रको विकास र हेरचाह गर्ने मन्त्रालय उद्योग हो। उद्योग मन्त्री महेश बस्नेत हुन्। कृषि योग्य जमिनमा सिंचाइ र पानीसम्बन्धी काम गर्न सिंचाइ मन्त्रालय छ। सिंचाइ मन्त्री एनपी साउद हुन्। खेलकुदको क्षेत्रमा मुख्य काम गर्ने गरी युवा तथा खेलकुद मन्त्रालय गठन भएको छ। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल हुन्। सहरी क्षेत्रको विषयमा काम गर्ने मन्त्रालय सहरी विकास हो। सहरी विकास मन्त्री नारायण खड्का छन्।


प्रकाशित मिति: २०७२ श्रावण १० १२:३२ || Kopila || ekantipur || Nepal Travel Book ||