कार्ट ह्वील | Nepal Travel Book |
श्रावण १६ -
यो खेल सामान्यत: १० देखि १५ वर्षका बालबालिकाले खेल्न सक्छन् । यो खेलमा ३० देखि ४० जना खेलाडी सहभागी हुन सक्छन् । यो खेलका लागि एउटा २०० वर्गमिटर क्षेत्रफल भएको ठाउँ आवश्यक हुन्छ ।खेल्ने तरिका : सबैभन्दा पहिले खेलाडीहरूलाई ४–४ जनाको समूहमा विभाजन गर्नुपर्छ । त्यसपछि प्रत्येक समूहको पहिलो खेलाडीले चित्रमा देखाएजस्तै एउटा म्याटमाथि दाहिने हात र दाहिने खुट्टा टेकिने गरी पांग्राको दिशामा आफूलाई घुमाउँदै अगाडि बढ्नुपर्छ । यसो गर्दा कुनै एउटा खेलाडीेले गल्ती गर्दा उसको समूह नै बाहिरिन्छ । यो खेल अन्तिम समूह बाँकी रहँदासम्म जारी रहन्छ । अन्तिम समयसम्म कायम रहने समूह नै विजेता हुन्छ ।
फाइदा : खेलाडीमा शारीरिक लचकताको विकास गराउँछ भने अन्त खेलका लागि आवश्यक शारीरिक शक्तिमा वृद्धि गराउँछ ।
प्रकाशित मिति: २०७२ श्रावण १७ १०:१६
Source: कोपिला | ekantipur