रुस विश्वकपमा छनोट भयो इरान - Nepal Travel Book

Wednesday, June 14, 2017

रुस विश्वकपमा छनोट भयो इरान

Iran
३० जेठ, काठमाडौं । उज्बेकिस्तानलाई हराउँदै इरान विश्वकप फुटबल २०१८ का लागि छनोट हुने दोस्रो टिम बनेको छ ।

तेहरानमा मंगलबार भएको खेलमा इरानले उज्बेकिस्तानलाई २-० गोल अन्तरले हराएको छ । उसका लागि सरदार असमौन र मेहदी तरेमीले गोल गरे ।

यो जितसँगै एसियाली छनोटको समूह एको शीर्ष स्थानमा रहेको इरानको ८ खेलबाट २० अंक भएको छ र, अंक तालिकाको तेस्रो स्थानमार हेको उज्बेकिस्तानसँग ८ अंकको फरक छ ।

पाँच पटकको विजेता ब्राजिल पनि रुस विश्वकपका लागि छनोट भइसकेको छ ।