You should not only be good. You should appear to be good. - Nepal Travel Book

Friday, September 11, 2015

You should not only be good. You should appear to be good.

Dr. Baburam Bhattarai


अंग्रेजीमा एउटा भनाइ छ- ' You should not only be good. You should appear to be good.'( असल भएर मात्र हुन्न; असल देखिनु पनि पर्छ )

Dr. Baburam Bhattarai



Dr. Baburam Bhattarai


संविधानसभाबाट संविधान बनेर जारी हुने दिन नजिकिदै जानु सबै नेपालीको निम्ति खुशी र गर्वको कुरा हो! अव संविधान कुनै पनि वहानामा कसैले पनि रोक्न सक्दैन र रोक्न दिन पनि हुँदैन! यो अत्यन्त असल कुरा हो!

तर संसबाट संविधान निर्माण जस्तो युगान्तकारी महत्वको विषयमा देशका धेरै भन्दा धेरै राजनीतिक शक्ति र समूहको स्वामित्व र अपनत्व हुनु राम्रो र वान्छनीय हुन्छ! यति वेला संसभित्रकै १०-१२ दल यसबाट वाहिरिएका छन्! तराई/ मधेस लगायतको देशको ठुलो भूभाग र जनसंख्या झण्डै एक महिनादेखि आन्दोलन र कर्फ्यू/निषेधाज्ञाको चपेटामा छन्! दर्जनौंको ज्यान गैसकेकोछ! यो असल देखिएको छैन!


त्यसैले प्रमुख राजनीतिक दलहरूले २-४ दिन पर्खेर असन्तुष्ट पक्षहरुलाई वार्तामा ल्याएर वा उनीहरूका सरोकारहरूलाई संवोधन गरेर संविधान पारित/जारी गर्नु वुद्धिमानी र देशको दीर्घकालीन हितमा हुनेछ!
यदि देशमा दिगो शान्ति हुन्छ भने संविधान केही दिन अघि वा पछि जारी गर्दा केही फरक पर्दैन!

कुनै हल्लाको पछि नलागौं! २-४ दिन अघिपछिको कुरालाई जुंगाको लडाइँ नबनाऊँ!