गम्भीर घाइते पाँचजना काठमाडौं रिफर
२५ भदौ, धनुषा । जनकपुरमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ । भेगासीपुरकी निकु यादव र सबैलाका विनोद साहको मृत्यु भएको हो ।
प्रदर्शनकारीले कर्फ्यू उल्लंघन गर्दै जनकपुर नगरभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौं रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।उनीहरुलाई मिल्स एरियामा गोली लागेको थियो । निकुको घटनास्थलमै र विनोदको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मिल्स एरिया, श्यामचोक, कदम चोक, आँखा अस्पताल लगायतका क्षेत्रहरुमा मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुका साथै अश्रुग्यास समेत प्रहार गरेको थियो । जनकपुरको स्थिति अहिले तनावग्रस्त छ ।