साउदी अरबमा एक नेपालीको मृत्यु - Nepal Travel Book

Sunday, September 6, 2015

साउदी अरबमा एक नेपालीको मृत्यु

२० भदौ, काठमाडौं । रोजगारीका लागि साउदी अरब गएका एक नेपालीको मृत्यु भएको छ । मैनाघाट ३ नवलपरासीका ४७ वर्षीय उर्जरबहादुर सोमैको गत शुक्रबार मृत्यु भएको हो ।
Saudi Arabia, 


साउदीमै रहेका उर्जरबहादुरका साथी पुर्मलले फोन गरेर मृत्युको जानकारी दिएको परिवारका सदस्यहरुले बताएका छन् । उर्जरबहादुरका छोरा खुमबहादुरले एक हप्ता अगाडि बिरामी छु भनेर घरमा सम्पर्क गरेको र गत शुक्रबार मृत्युको खबर पाएको जानकारी दिए ।

परिवारका सदस्यले शव नेपाल झिकाइदिन आग्रहसहित आइतबार सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीमा निवेदन दिएका छन् ।

उर्जरबहादुर गत वैशाख महिनामा साउदी अरब गएका थिए । उनका श्रीमती, ३ छोरी र १ छोरा छन् ।