जलेश्वरमा प्रहरीको गोली लागेर एक महिलाको मृत्यु - Nepal Travel Book

Friday, September 11, 2015

जलेश्वरमा प्रहरीको गोली लागेर एक महिलाको मृत्यु

२५ भदौ, काठमाडौं । महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागेर एक महिलाको मृत्यु भएको छ ।

कफ्र्यू उल्लंघन गर्दै प्रदर्शन भएको थियो । आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका असईको हत्या भएपछि जलेश्वर थप तनावग्रस्त भएको थियो ।

दिउँसो भएको झडपमा प्रहरीको गोलीबाट हगीलेक गाविस घर भएकी रामशिला मण्डल छन् । अर्की एक महिलालाई गोली लागेको छ । गोली लागेर शैलादेवी चौधरी घाइते भएका हुन् ।

जलेश्वरको महादेव मन्दिरदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा अहिले पनि तनाव कायमै छ ।