काठमाडौ, श्रावण ९ -
सधैं विद्यालय पोशाकमा विद्यालय जाने म त्यो दिन सारी लगाएर जाँदै थिएँ। यो पोसाकले मलाई परिपक्क हुँदै गएको बोध गराउँदै थियो। सैनिकको नियम र संस्कारमा हुर्किएँ। अनुशासन, परिपक्कता, व्यावहारिक, धेरै सोच्नु, मान राख्नु, नझुक्नुजस्ता संस्कार सिकें सैनिक स्कुलमा। यही संस्कारमा हुर्किएकी म अब यो स्कुलभन्दा बाहिरको दुनियाँ बुझ्ने कोसिसमा हिँड्नु थियो।
मैले उन्नति गर्नु भनेको मेरो विद्यालयको पनि उन्नति हो। मैले नराम्रो काम गरेमा ममाथि अरूले पनि औंला उठाउँथे। मलाई औंला उठाउनु भनेको मेरो विद्यालयलाई पनि औंला उठाउनु हो। किनभने मलाई नराम्रोभन्दा यो विद्यालयमा पढेका विद्यार्थी कस्ता नराम्रा भनेर विद्यालयकै प्रतिष्ठामा औंला उठाउँथे। त्यही भएर मलाई विद्यालयको प्रतिष्ठा पनि पाइला पाइलामा जोगाउनु थियो। यस अर्थमा म सधैं सजग थिएँ सानैदेखि।
१३ वर्ष पढियो बिजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयमा। यत्रो वर्ष पढेको विद्यालयलाई छोड्न सजिलो हँुदो रहेनछ। शिक्षक धेरै मिहिनेती थिए। उनीहरूले सिकाएको ज्ञान अविस्मरणीय छ। हेर्दा हेर्दै महाविद्यालयको भौतिक संरचनामा पनि धेरै परिवर्तन आयो।
हाम्रा भौतिक संरचनाले हामीलाई धेरै ज्ञान दियो। महाविद्यालयमा राखिएको सानो संग्रहालयले तिम्रो सानोभन्दा सानो कुरा संगालेर राख त्यो पनि जुन बेला पनि काम लाग्न सक्छ भन्ने पाठ सिकायो। मल्टिमिडिया रुमले संसार बुझ नत्र तिमी पछि पर्छाै भन्ने सिकायो। ल्यांग्वेज ल्याबले जुन भाषा बोल तर प्रष्ट बोल भन्ने सिकायो। म्याथ ल्याबले फर्मुला जानेमा जीवन सहज छ नत्र अन्योल हुन्छ भन्ने सिकायो। साइन्स ल्याबले हरेक कुरालाई जीवनमा लागू गर भन्ने सिकायो। पुस्तकालयले पुस्तक मात्र होइन, असल पुस्तक पढ भन्न सिकायो।
शिक्षकहरूले दिएको यो सूत्र प्रयोग गरी जिन्दगीका घुम्तीहरू हिँड्नु छ। आफू जहाँ पुगे पनि विद्यालय जीवन अविस्मरणीय बन्दो रहेछ। साथीसँग बिताएको पलले बेलाबेलामा झस्काउँदो रहेछ। आफू जहाँ पुगे पनि आफ्नो कोठाको याद आएझंै मेरो मानसपटलमा पनि धमिलो आकृति बनेर महाविद्यालयको स्मृति सलबलाउने छ। विद्यालयले सिकाएको एउटा ज्ञान सबैलाई बाँड्न चाहन्छु। अभ्यासले मानिसलाई बुद्धिमानी होइन बुद्धिमानीसहित गरिएको अभ्यासले मानिसलाई सफल बनाउँछ।
दीपशिखा घिमिरे
प्रकाशित मिति: २०७२ श्रावण १० १२:३८ || Kopila || ekantipur || Nepal Travel Book ||