कपिलवस्तुमा झडप, पाँच घाइते - Nepal Travel Book

Tuesday, August 18, 2015

कपिलवस्तुमा झडप, पाँच घाइते

१ भदौ, कपिलवस्तु । कपिलवस्तुमा बन्दकर्ताहरुले सरकारी कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीसँग झडप भएको छ । झडपका क्रममा पाँच आन्दोलनकारी घाइते भएका छन् ।

आन्दोलनकारीले जिल्लाका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेपछि भीडलाई तितर-बितर पार्ने क्रममा झडप भएको प्रशासनले जनाएको छ ।

सरकारी कार्यालयहरु जोगाउन खोज्दा आन्दोलनकारीहरु प्रहरीमाथि जाइलागेपछि गोली चलाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खानले अनलाइनखबरलाई जानकारी दिए ।