तराई मधेस बन्दले बाराको जनजीवन प्रभावित
१ भदौ, बारा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको तराइ मधेस अनिश्चितकालीन बन्दले मंगलबार बारा जिल्ला प्रभावित भएको छ ।
आन्दोलनकारीहरुले मंगलबार बिहानैदेखि सदरमुकाम कलैया औद्योगिक नगरी कलैया-वीरगंज, वीरगंज-पथलैया क्षेत्रका बिभिन्न ठाउँमा टायर बाली प्रदर्शनलाई जारी राखेका छन् । हातमा बासको भाटासहित प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले उद्योग, कलकरखाना, बजार, शैक्षिक संस्था लगायतका बन्द गराएका छन् । सडकमै टायर बालेर प्रदर्शन गर्न थालेपछि सवारीका साधनहरु ठप्प भएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका संघीय समाजवादी फोरम नेपाल, तराई मधेस सदभावना पार्टीका नेताहरु ‘जय मधेस जय मधेस’, ‘मधेसी एकता जिन्दावाद’, ‘मधेसलाई टुक्रा टुक्रा बनाउन पाईंदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । तराई मधेसका बिभिन्न ठाउँमा मोर्चाका नेता कार्यक्रर्ता माथि सरकारले बल प्रयोग गरेको भन्दै उनीहरु आक्रोशित देखिएका छन् ।
६ प्रदेश सहितको संविधानको मस्यौदा खारेज लगायतका माग पूरा गराउन दवावस्वरुप आन्दोलन गर्नु परेको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जितेन्द्र सिंहले बताए ।
टाँगा व्यवसायीबाट चर्को भाडा असुली
मंगलबार बिहानैदेखि भएको बन्दको कारण सवारीका साधनहरु नचल्दा टाँगा व्यवसायीहरुले मनपरी भाडा असुल्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । सदरमुकाम कलैयाबाट बीरगञ्ज जाने यात्रुहरुसँग तेब्बर भन्दा बढी भाडा लिएर टाँगा व्यवसायीहरुले बीरगञ्जसम्म पुर्याउने गरेका छन् ।
यसबाट टाँगा व्यवसायीहरु मालामाल भए पनि यात्रुहरु भने मर्कामा परेका छन् । टाँगा ब्यवसायीहरुले दैनिक १५ देखि बीस हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
एक दर्जन भन्दा बढी टाँगाहरु सयौं यात्रुहरुलाई कलैयाबाट बीरगञ्ज र बीरगञ्जबाट कलैया ओसार पसारमा व्यस्त छन् । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधनहरु पूर्णरुपमा ठप्प रहेकाले जिल्ला कै गढीमाई नगरपालिकास्थित जीतपुरबाट बीरगञ्जसम्म पुर्याउन प्रतिब्यक्ती ९० रुपैयाँदेखि एक सय २० रुपैयाँ भाडा असुलीरहेका छन् ।