श्रावण १६ -
कास्की, स्याङ्जा र पर्वत जिल्लाको सिमानामा पर्ने पञ्चासे जैविक विविधता र प्राकृतिक दृश्यावलोकनका हिसाबले धनी छ । त्यत्तिकै धनी छ कला र संस्कृतिले पनि । बाक्लो गुरुङ बस्ती र सफा चट्ट पारिएका पदयात्रा मार्गले जोकसैलाई लोभ्याएको हुन्छ ।
गुरुङ संस्कृति झल्कने नाचगान, गुरुङ संग्रहालय, खानपान, भुल्नै नसकिने सत्कारसँगै हरियाली वातावरण र मनोरम हिमशृखंलाले आकर्षण थपेको छ । ऐतिहासिक धामिर्कस्थल र मनमोहक दृश्यहरू हेरिरहँुजस्ता लाग्छन् ।
कास्कीको फेवाताल, पामे र भदौरे तामागी, कास्कीकै लुम्ले, काँडे, भदौरे र देउराली हुँदै था पर्वतको डिमुवाबाट तिलाहार हुँदै पञ्चासे पुग्न सकिन्छ । स्याङ्जाको फेदीखोला, बाङ्गेफड्के, बाङ्सिङ भएर पनि रमणीय पञ्चासे पुग्न सकिन्छ ।
अहिले पञ्चासे भञ्ज्याङसम्मै मोटरबाटो पुगेको छ । जिप, मोटरसाइकल चढेर पनि जान सकिन्छ । पोखराको लेकसाइड, पामे हुँदै भदौरेतामागीको सिधानेसम्म हिउँदमा बस पनि चल्छ । सिधानेमा आकर्षक गुरुङ बस्ती र गुरुङ संग्रहालय छ । मोटरभन्दा पदयात्रा झनै रमाइलो हुन्छ । भञ्ज्याङमा तीनवटा होटल सञ्चालित छन् । क्याम्पसाइट गर्न प्रशस्तै ठाउँ छ । नजिकै आकर्षक पोखरी हेर्नलायक छ । भञ्ज्याङबाट करिब डेढ घन्टा पैदलमा २५ सय १७ मिटर उचाइको पञ्चासे टप पुग्न सकिन्छ ।
बाटैभरि आकर्षक बस्ती, विभिन्न प्रजातिको वन जंगल, वन्यजन्तु र प्राकृतिक सौन्दर्यका साथै विभिन्न प्रजातिका चराको सुमधुर चिरचिरले सबैलाई स्वागत गरिरहेको हुन्छ ।
त्यही आकर्षणले स्वदेशी र विदेशी पर्यटकलाई तानिरहेको छ । पञ्चासे क्षेत्रमा पाँच वर्षदेखि पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम (ईबीए) चलिरहेको छ । जलवायु परिवर्तनका कारण देखा परेका असरलाई पारिस्थितिकीय प्रणाली अपनाएर अनुुकूलन गर्ने उक्त कार्यक्रमको उद्देश्य हो ।
त्यसअन्तर्गत् अन्तराष्ट्रिय प्रकृति संरक्षण संगठन (आईयूसीएन) ले तीनवटै जिल्लाका विभिन्न गाविसमा किसानलाई आकर्षित गरेर विभिन्न आयमूलक र लाभ हासिल गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आईयूसीएनकी कार्यक्रम अधिकृत अनु अधिकारीका अनुसार भकारो सुधार, तरकारीको बिउ र बेर्ना उत्पादन तथा वितरण, मौरीको घार वितरण, गोबरग्यास र होमस्टे स्थापनाका साथै परम्परागत पानी पोखरी पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिरहेको छ । अम्रिसो लगाएर पहिरो नियन्त्रणसँगै स्थानीयले आम्दानीसमेत गर्न थालेका छन् ।
पञ्चासेबाट फेवाताल र पोखरा देख्न सकिन्छ । रातको समयमा पोखराको झिलिमिली हेरिहरहुँजस्तो हुन्छ । पञ्चासे टपमा अहिले भ्यु टावर बनिरहेको छ । मौसम खुलेका बेला धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ र गणेश हिमाल लमतन्न देखिन्छन् ।
पञ्चासे ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले पनि महत्त्वपूर्ण क्षेत्र हो । पाँच पाण्डव वनवास बसेको क्षेत्र र सिद्ध ऋषिमुनिहरूको तपोभूमिसमेत मानिन्छ । विभिन्न (गुफा) देखि सिद्धबाबा मन्दिर, तालतलैया र पोखरी छन् । मूलबिनाको चराले पात फाल्ने पञ्चकोसी सरोवरलगायतका सिमसार पनि यस क्षेत्रका आकर्षण हुन् ।
पञ्चासे क्षेत्रमा १ सय ७ प्रजातिका सुनाखरी पाइन्छन् भने दुर्लभ छत्रेउन्यू (रूख उन्यू) पनि पाइन्छ । पञ्चासे आँधीखोला, सेतीखोला, जरेखोला, रतिखोला, हर्पनखोलाको उद्गमस्थल हो । पक्षी सरंक्षण संघ (बीसीएन) का चरा अनुसन्धानकर्ता ज्योतेन्द्र ठकुरीका अनुसार भर्खरै सकिएको अध्ययनले पञ्चासे क्षेत्रमा करिब २ सय प्रजातिका चरा भेटिएको देखाएको छ ।
गुरुङ, मगर, बाहुन, क्षेत्री, विश्वकर्मा, परियारजस्ता विविध जातिको मिश्रित बसोबास रहेको पञ्चासे पर्यटकीय गन्तव्य बन्दै गएपछि बाटोघाटो, धर्मशाला, खानेपानी, होटल, होमस्टेलगायतका पूर्वाधार निर्माणका काम द्रुतगतिमा अघि बढेको छ ।
आईयूसीएनकै सहयोगमा कास्कीको भदौरे र पर्वतको चित्रेमा होमस्टे र सामुदायिक अध्ययन केन्द्र सञ्चालित छ । चित्रेका होम स्टे सञ्चालक सुकबहादुर गुरुङले अध्ययन अनुसन्धान र भ्रमणमा आउने स्वदेशी पर्यटक आकर्षित बन्दै गएको बताए । ‘घरमै स्थानीय परिकार तथा अर्गानिक उत्पादन ख्वाएर पर्यटकलाई स्वागत गर्ने परम्परा छ,’ उनले भने,’ ‘सँगै स्थानीय संस्कृतिसमेत हेर्न पाइन्छ ।’
प्रकाशित मिति: २०७२ श्रावण १७ १०:२० || Kopila || ekantipur
Nepal Travel Book