बालबालिकाको सुझाव - Nepal Travel Book

Wednesday, August 5, 2015

बालबालिकाको सुझाव

श्रावण १६ -
भाइबहिनीलाई जानकारी होला— संविधान मूल कानुन हो । योभन्दा माथि कोही पनि हुन सक्दैन । यसमा सबै नागरिकको अधिकार उल्लेख गरिएको हुन्छ । त्यस्तै, मुलुकको शासन व्यवस्था, नागरिक, मौलिक र सबै जातजातिको अधिकार लेखिएको हुन्छ । त्यसैले बाँकेका बालबालिकाहरूले पनि संविधानमा बालअधिकारको ग्यारेन्टी गर्न सभासदहरूलाई सुझाव दिएका छन् । सभासदहरूले पनि बालबालिकाको हकअधिकार ग्यारेन्टी गर्न संविधानसभामा मुद्दा बनाउने प्रतिबद्वता जनाएका छन् ।

संविधानको भाग ३ धारा २३ मा समानताको हकअन्तर्गत बालबालिकालाई निजको आमा, बाबु, कानुनत: अधिकार प्राप्त अभिभावक तथा संरक्षकहरूको धर्म, वर्ण जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, आर्थिक अवस्था, उत्पत्ति, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भने उल्लेख गरिएको छ । धारा ४४ मा सबै बालबालिकालाई राजनीतिक विभेद, हिंसा तथा हस्तक्षेप र परिचालनबाट तथा विद्यालय तथा बालबालिकाका लागि सेवाप्रदायक निकायहरू सुरक्षित र स्वतन्त्र रहन पाउने हक हुने व्यवस्था छ । धारा ४४ (७) ले कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने लेखिएको छ । उक्त व्यवस्थामा बाल क्लबमा आबद्व बालबालिकाले कुनै पनि किसिमको दण्डसजाय दिन पाइने छैन भन्ने सुझाव दिएका छन् । त्यस्तै, धारा ४४ (९) मा असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने लेखिएको छ । त्यसमा विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने उल्लेख गर्न सुझाव दिइएको छ । ‘बालबालिक सम्बन्धी संविधानमा गरिएको व्यवस्था केही संशोधन गर्नुपर्ने

देखिएकाले सुझाव दिएका छौ,’ जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष विजय काफ्लेले भने ।

त्यस्तै, धारा १२ (१) मा मानव अधिकारको संरक्षण र संबद्र्वन, बालबालिकाको हकहितको क्षेत्रमा कार्यरत वा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा क्रियाशील ख्यातिप्राप्त व्यक्तिबाट एक स्वतन्त्र बालअधिकार आयुक्त र ४ जना सदस्य नियुक्त गर्नुपर्ने सुझाव बालबालिकाको छ । संविधान परिवर्तन हुन सयौं वर्ष

लाग्न सक्छ । २०६२/६३ को जनआन्दोलनपछि नेपालमा नयाँ संविधानको मस्यौदा आएको छ । मस्यौदामा मुलुकभरी सुझाव संकलन भइरहेको छ ।

प्रकाशित मिति: २०७२ श्रावण १७ १०:१८ || Kopila || ekantipur || Nepal Travel Book ||