किन घटे अल्ट्रालाइट चढेर रमाउने पर्यटक ? - Nepal Travel Book

Friday, August 21, 2015

किन घटे अल्ट्रालाइट चढेर रमाउने पर्यटक ?

३ भदौ, काठमाडौं । पोखराकै आकर्षणका रुपमा रहेको अल्ट्रालाइट चढेर प्राकृतिक दृश्यावलोकन गर्ने यात्रुहरु घटेका छन् । पछिल्लो समय पोखरा पुग्ने पर्यटकको रोजाइमा अल्ट्रा फ्लाइट पर्दै आएको थियो ।

सन् २०१४ मा अघिल्लो वर्षको तुलनामा अल्ट्रालाइट चढ्ने पर्यटक करिव ११ सयले घटेका छन् । २०१४ मा १० हजार ९ सय ७० जना पर्यटकले अल्ट्रालाइटमा उडेर मनोरञ्जन लिएका छन् ।

अघिल्लो वर्ष २०१३ मा अल्ट्रालाइट चढ्ने पर्यटकको संख्या १२ हजार ६४ रहेको थियो । नेपालमा पोखरा र पालुङटारमा अल्ट्रालाइट चढेर दृश्यावलोकन गर्न पाइन्छ ।

खासगरी २०१४ को जनवरी, फेब्रअुरी र मार्च महिनामा अल्ट्रालाइट चढ्ने यात्रु अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढीले घटेका छन् ।

२०१३ को जनवरीमा १२ सय १४ पर्यटकले अल्ट्रा फ्लाइट गरेकोमा २०१४ को जनवरीमा ४ सय ७८ पर्यटकले मात्र अल्ट्रा फ्लाइट गरेका छन् । मार्च र अपि्रलमा पनि झण्डै आधाले यात्रु घटेको पर्यटन मन्त्रालयको तथ्यांकले देखाउँछ ।

पोखरामा फिष्टेल अल्ट्रालाइट, पोखरा अल्ट्रालाइट र एभिया क्लव गरी तीनटाले सेवा प्रदान गरिरहेका छन् । पालुङटार एयरपोर्टमा एउटा अल्ट्रालाइट रहेको छ ।