काठमाडौ, श्रावण ९ -
संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा बनाइसकेको छ। त्यसमाथि देशभर सुझाव दिने काम पनि भइसक्यो। सोमबार र मंगलबार देशभर संकलन भयो। सुझाव संकलन कार्य हरेक निर्वाचन क्षेत्रमा भएको थियो। महिला, बालबालिका लगायतले सुझाव दिए। अनलाइनबाट पनि सुझाव संकलन गर्ने व्यवस्था गरिएको थियो। अनलाइबाट बालबालिकाले दिएको सुझावमध्ये केही यहाँ प्रस्तुत छ :
प्रारम्भिक मस्यौदामा आमा र बाबुको नामबाट नागरिकताको सट्टा आमा वा बाबुबाट नागरिकता हुनुपर्छ। बाबुलाई जतिकै आमालाई पनि प्राथमिकता दिइनुपर्छ।
सुस्मिता गुरुङ, कक्षा–१०
धारा ३८ कोउपधारा १ मा बेरोजगारको लागि भत्ता भनी उल्लेख गरिएको छ। बरु भत्ताको सट्टा उद्योगधन्दा खोली बेरोजगारीको लागि सीपमूलक तालिम प्रदान गर्ने प्रावधान बनाइयोस्।
फुर्वा शेर्पा, कक्षा–९
नेपालमा ८ प्रदेशमा विभाजित हुनुभन्दा यसलाई जति सक्दो घटाउँदा राम्रो होला।
सौगात विश्वकर्मा, कक्षा–१०
हाम्रो देशमा यस्तो नीति होस्, भ्रष्टचार गर्नेलाई मृत्युदण्ड दिइयोस्।
सन्देश राई, कक्षा–९
हाम्रो देशमा कानुन कडा बनाउनुपर्छ। फाँसीको सजाय हुनुपर्छ। गरिब–धनीबीच भेदभाव भए त्यसलाई कडा सजाय दिनुपर्छ। नेपाल र भारतको सिमाना खुला भएकोले आवातजावतमा पनि भिसा व्यवस्था गर्नुपर्छ।
रोजेश घिमिरे, कक्षा–१०
भाग ३ को धारा ३६मा अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम नि:शुल्क उच्च शिक्षा प्राप्त गर्ने हक हुनेछ लेखिएको छ। अहिले उनीहरू सडकमा माग्दै हिँडेका छन्, सरकारले उनीहरूको लागि संस्था खोली तालिम शिक्षा रोजगार दिए सडकमा हिँड्न छाड्थे। हामीले पनि उनीहरूबाट ज्ञान प्राप्त गर्न सक्थ्यांै किनभने अपांगता भएकाहरूको इच्छाशक्ति, ज्ञान एकदमै राम्रो हुन्छ।
लाटुन घर्ती, कक्षा–८
संघीय आर्थिक कार्य प्रणालीअनुसार नेपालमा दिगो सरकार हुनुपर्छ तब मात्र नेपालमा विकास हुन्छ। कमसेकम एउटा मन्त्रीले कानुनले तोकेबमोजिम ५ वर्ष देश चलाउनुपर्छ दिगो विकास गर्नलाई।
सरु बराइली, कक्षा–१०
हिंसा हत्या, बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई मृत्युदण्ड नै दिनुपर्छ।
सायन राई, कक्षा–१०
?हाम्रो सीमा र नाकाहरू सुरक्षित हुने खालको व्यवस्था राखिनुपर्छ।
साइरस कार्की, कक्षा–१०
अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा बसी धान मकै खाएर पसिना बगाउनु बेस भन्छन् तर के त्यो पसिनाको मूल्य जुटाउने कुनै कलकारखाना छैन जहाँ उनीहरू काम गर्न सक्छन्। खोइ त सभासद्हरूले बुझेको? किन युवा विदेश पलायन भएका छन्?
विनिता सेन्चुरी, कक्षा–१०
दुर्गममा नि:शुल्क उपचार गरियोस्।
पेम्वा शेर्पा, कक्षा–७
महिलालाई किन ३३ प्रतिशत? जनसंख्याअनुसार ५० प्रतिशत नै हुने व्यवस्था राखियोस्।
सुस्मिता घिमिरे, कक्षा–१०
अरूमा जस्तो राजनीतिक क्षेत्रमा पनि शैक्षिक योग्यता तोकियोस्। सभासद् मन्त्री वा पार्टी चलाउन कम्तीमा बीएसम्म पढेको हुनुपर्ने राखियोस्।
प्रियंका श्रेष्ठ, कक्षा–१०
प्रकाशित मिति: २०७२ श्रावण १० १२:३६ || Kopila || ekantipur || Nepal Travel Book ||