दूध किन पोखिन्छ ? - Nepal Travel Book

Tuesday, August 4, 2015

दूध किन पोखिन्छ ?

दूध किन पोखिन्छ ? | Nepal Travel Book

श्रावण १६ -

तपार्इंहरूले भान्सामा दूध उम्लिएर पोखिएको देख्नुभएको होला । दूध तातेपछि किन पोखिन्छ होला भन्ने तपाईहरू धेरैलाई कौतुहलतासमेत हुन सक्छ । दूध तरल पदार्थ भएको कारण यसमा दूध र पानी मात्र हुन्छ भन्ने धेरैले बुझ्छन् । पानी उम्लिन्छ तर दूध जसरी पोखिँदैन । तर दूधचाहिँ किन पोखिन्छ भन्दा तपाईहरूले दूधभित्र कुन कुन पदार्थहरू रहेका हुन्छन् यो कुरा पनि थाहा पाउनुपर्छ । दूधमा पानी लगायत प्रोटिन, चिनी र चिल्लो पदार्थसमेत हुन्छन् । जब दूधलाई तताइन्छ । दूधमा भएको पानी र अन्य पदार्थहरू तातोले छुट्टिँदै जान्छ । दूधमै भएको प्रोटिन र चिल्लो पदार्थसमेत अलग हुन्छन् । निकै सानो कणको रूपमा छुट्टिने हुँदा हामीले यो कुरा देख्दैनांै । यसरी छुट्टिने क्रममा दूधमा भएको प्रोटिन र चिल्लो पदार्थ माथिल्लो भागमा भएर ढकनीको काम गर्छ भने दूधमा भएको पानी तल्लो भागमा बढी तात्दै जान्छ । दूधमा भएको पानी तातेपछि बाफको रूपमा बाहिर जान खोज्दा दूधमा भएको चिल्लो पदार्थले माथिबाट ढाक्छ । यो क्रममा दूधको पानीको आयातन बढ्दै जान्छ र यसले माथिल्लो भागलाई धकेल्दै लैजान्छ । यो क्रम बढ्दै गएपछि दूध भाँडाबाट बाहिर पोखिन्छ ।

प्रकाशित मिति:
२०७२ श्रावण १७ १०:१७ | ekantipur || Kopila

Nepal Travel Book