पर्यटनको महत्त्व - Nepal Travel Book

Sunday, August 2, 2015

पर्यटनको महत्त्व

काठमाडौ, श्रावण १६ -
एक ठाउँदेखि अर्को ठाउा वा एउटा देशदेखि अर्को देश कुनै व्यापारिक कामले, आफ्नो बिदा मनाउन, अर्को देशको भाषा, संस्कृति, रीतिरिवाज, परम्परा बुझ्न हिाड्ने मानिसलाई पर्यटक भनिन्छ । पर्यटकहरू प्राकृतिक सौन्दर्यका सोखिन हुन्छन् । त्यसैले उनीहरू हाम्रो देशको प्राकृतिक सुन्दरता हेर्न टाढा–टाढाबाट आउने गर्छन् । ‘चाँदीझौ टल्कने हिमशृंखलाले नौरङ्गी डाँफेको सुरसागै मुसुक्क मुस्काइदिादा, सुगारङ्गी पटुकी बाँधेको पहाडले मरक्क कम्मर मर्काइदिँदा र तन्नाझौ बिच्छाइएको तराईले छमछम घाघारु बजाइदिँदा’ हाम्रा पाहुना आनन्दले भुतुक्कै हुन्छन् । उनीहरू आफ्नो मनको दु:ख र पीडालाई लुकाएर मुटुभरि हर्ष उमार्न हाम्रो प्राकृतिक सौन्दर्यमा रमाउन आउाछन् ।

हाम्रो देशको आयस्रोत भनेका नै पर्यटकहरू हुन् । उनीहरू हाम्रो देशका लागि एकदमै महत्त्वपूर्ण छन् । पर्यटकहरूले हाम्रो देशको भाषा, संस्कृति, परम्परा हेर्छन् र त्यसैमा मग्न हुन्छन् । हाम्रो देशमा पाहुनालाई ‘अतिथि देवो भव:’ भनेर पुज्ने गरिन्छ । उनीहरूलाई हाम्रो देशमा भगवान्को रूपमा लिइन्छ । त्यसैले पनि होला हाम्रो देशमा पर्यटकहरूको ओइरो लाग्ने गर्छ । पर्यटकहरू धेरै आए तापनि हाम्रो देशको आर्थिक स्थिति अझै सुधार हुन सकेको छैन ।

पर्यटकहरू देशको राम्रो आयस्रोत हुन् तर धेरैभन्दा धेरै पर्यटकहरू आए भने हाम्रो देशमा केही नराम्रो असरहरू पनि पार्न सक्छन् । जब धेरै पर्यटकहरू हाम्रो देशमा आउाछन् तब उनीहरूले हाम्रो वातावरणलाई दूषित पारिदिन्छन् । विषेश गरी पैदलयात्राका लागि जान्छन् तब, उनीहरूले टेन्टका साथसाथै प्याकिङका खानेकुरा, बोतलहरू बोकेका हुन्छन् । खानेकुरा खाइसकेपछि ती प्लास्टिक, बोतल उनीहरूले त्यही फालिदिन्छन् । त्यसले वातावरणलाई दूषित गर्छ । कोही पर्यटकको नशा लिने बानी हुन्छ, जसलाई यहाँका युवाहरूले नक्कल गर्ने गर्छन् । कोही पर्यटकलाई रोग लागेको हुन सक्छ । जुन रोग हाम्रो देशमा पनि फैलिन सक्छ । यहाँका मानिसहरूले पर्यटकको संस्कृतिको नक्कल गर्छन् र हाम्रो संस्कृति लोप हुँदै जान्छ । धेरैभन्दा धेरै पर्यटक हाम्रो देशमा आए भने वनविनाश हुन्छ । जसकोकारण जंगली जनावरहरू मासिन्छन् । पर्यटकहरूको भ्रमण गर्ने उद्देश्यहरू निम्न अनुसार छन् :—

- छुट्टी बिताउन

- अरूको जीवनशैली बुझ्न

- आफ्नो व्यापारिक कामले,

- पर्वतारोहणको लागि,

- गर्मी वा जाडो मौसम छल्न र

- पर्याप्त ठाउाहरू घुम्न ।

धेरैधन्दा धेरै पर्यटकहरू हाम्रो देशमा भित्रिन्छन्, जसको कारणले हाम्रो देशको आयस्रोत बढ्दै जान्छ । हामीले जति धेरै पर्यटक आफ्नो देशमा भित्र्याउन सकिन्छ, त्यति नै आम्रो देशलाई फाइदा हुन्छ । हाम्रो देशको हस्तकला देखेर पर्यटकहरू अचम्म हुन्छन् । उनीहरूले हाम्रो हस्तकलाहरू किनेर लैजान्छन्, जसले गर्दा हस्तकला उद्योगलाई सहयोग पुग्दछ । पर्यटकहरूले हाम्रो देशलाई विश्वमा नै प्रसिद्ध बनाइदिन्छन्, जसले गर्दा धेरै पर्यटकहरू आयत हुने सम्भावना देखिन्छ । पर्यटकहरूको संख्या वृद्धि भयो भने हाम्रो व्यापार बढ्छ ।

पर्यटकहरू हाम्रो देशलाई एकदमै आवश्यक छन् । उनीहरूले नै हाम्रो देशलाई विकास गर्न मद्दत गर्दछन् । हामीले उनीहरूको संस्कृति परम्पराको नक्कल गर्ने होइन, आफ्नो संस्कृति, परम्पराको जर्गेना गर्नुपर्छ । हाम्रो देशको प्राकृतिक सम्पदा जोगाउनुपर्छ । अनि मात्र हाम्रो देश पूर्ण विकासको बाटोतर्फ लम्किन्छ ।

डिम्पल कडायत

(कक्षा–१०, इलाइट उमावि, वीरेन्द्रनगर, सुर्खेत ।)

प्रकाशित मिति: २०७२ श्रावण १७ १०:१० | ekantipur || Kopila

Nepal Travel Book