मेलामा भाइबहिनी - Nepal Travel Book

Wednesday, August 5, 2015

मेलामा भाइबहिनी

श्रावण ९ -
मेला महोत्सवमा भाइबहिनीहरू निकै रमाउँछन्। मेलामा ज्ञानगुनका कुरादेखि रमाइला खेलहरू हुन्छन्। विभिन्न विद्यालयले पनि भाइबहिनीहरूलाई यस्ता मेला महोत्सवमा लैजाने गरेका छन्। देशभर विभिन्न नाममा मेला महोत्सव हुने गरेका छन्।


पोखरामा पनि धेरै मेला महोत्सव हुन्छन्। केही समय पहिला पोखरामा भएको जंगल महोत्सवमा स्कुलका साथीहरू लाम लागेर पुगे।


शान्ति वन क्षेत्रभित्र गरिएको महोत्सवमा भाइबहिनीहरूलाई मर्ने म्याजिक सोदेखि विभिन्न रोचक खेलहरू समावेश थिए। चितवनमा लोकप्रिय हात्ती सफारीदेखि टाँगा, घोडामा चढ्ने अवसर सबैले पाए। त्यसैगरी महोत्सवमा राखिएको चिडियाखानामा अस्ट्रिज, इमु, कालिजदेखि नयाँ प्रजातिको मुसादेखि रूखमा झुन्डिएर खेलिने साहसिक खेलले भाइबहिनीहरूलाई तान्यो।


त्यसैगरी भालु, बाँदर लगायतका जंगली जनवारको पहिरन लगाएर हिँड्ने दाजुहरूले रमाइलो दिए। सगरमाथा स्कुलमा पढ्ने आयुष र आयुषा भट्टराईले त भालु लगायत विभिन्न जंगली जनावर बनेका दाजुहरूसँग फोटो खिचेर रमाए। जंगल महोत्सवमा विद्यालयदेखि पोखराका साना बालबालिका पढ्ने मन्टेश्वरीले पनि घुमायो। नयाँ बजारस्थित पहिलो पाइला मन्टेश्वरीले दिनभरजसो भाइबहिनीहरूलाई जंगलको सफारी गरायो।


शिव शर्मा

प्रकाशित मिति: २०७२ श्रावण १० १२:४५ || Kopila || ekantipur || Nepal Travel Book ||