एमाओवादीसँगको एकता अवरुद्ध:
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले अायोजना गरेको पत्रकार सम्मेलन । तस्विर: शालिग्राम तिवारी - काठमाडौं, जेष्ठ २७ - नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलले गरेको १६ बुँदे सहमतिले प्रतिगमनको पुनर्स्थापना भएको बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले सहमतिको विरोध गरेका हुन् ।‘चार दलले गरेको सहमतिले प्रतिगमन भएको छ, सर्वपक्षीय राजनीतिक सम्मेलन गरेर त्यसैबाट संविधानमा सहमति खोजिनु पर्छ,’ उनले भने । एमाओवादी यो सहमतिको एक हिस्सेदार भएकाले अहिलेका लागि एमाओवादीसँग पार्टी एकताको प्रक्रिया पनि रोकेको उनले बताए ।