जेठ २७ , काठमाडौँ : एकीकृत नेकपा माओवादीले धोका दिएको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले उ सँग अब एकता सम्भव नभएको बताएको छ।
संविधान निर्माण प्रक्रियामा सहभागी हुँदैनौं भनेर आफुहरुलाई विश्वास दिलाएपनि जेठ २५ गते संविधानसभाका अरु दलहरुसँग १६ बुँदे सहमति गरेर धोका दिएको नेकपा- माओवादीले आरोप लगाएको छ।
'एक वर्षभन्दा बढी समय दिएर पार्टी एकताको निम्ति धेरै मेहनत गरियो' बुधबार पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले भने 'संविधान निर्माण प्रक्रियातिर जाँदैनौं भनेर हामीलाई विश्वासमा लिने कुराकानी गर्नुभयो, तर अन्तत: २५ गते बेलुका हामीलाई थाहा नदिइ सहमति गर्नुभयो यसबाट हामीले के बुझ्यौं भने उहाँहरुले दुई जिब्रे नीति लिनुभएको रहेछ।'
आफुहरुसंग संविधान निर्माण प्रक्रियामा सहभागी हुँदैनौं भन्ने तर कांग्रेस एमाले लगायतका दलहरुसँग सहमति गरेर विश्वासघात गरेको बैद्यले आरोप लगाए। 'यो पश्चगामी कदमपछि फेरि उहाँहरुसँग एकताको लागि पुरानै तरिकाले जानु पार्टीका निम्ति र आन्दोलनका निम्ति घातक हुन्छ' उनले भने ' एक पटक विश्वासघात गरेकालाई फेरि सच्याएर ल्याउने प्रयास गरियो तर फेरि विश्वासघात गरियो।'
नेकपा-माओवादीले संविधानका अन्तर्वस्तुमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबीच सोमबार राति भएको १६ बुँदे सहमतिलाई 'राष्ट्रघातको निकृष्ट नमूना'को संज्ञा दिएको छ।
'भूकम्पका कारण मुलुक दुखमा रहेको र विपद व्यवस्थापनमा केन्द्रित हुनुपर्ने संवदेनशील स्थितिमा संसदीय संविधान निर्माणका लागि संसदवादी शक्तिहरुको बीचमा सम्झौता गरिनु जनताको संवेदनशीलताप्रति अपमान गर्ने र संविधान निर्माण सम्बन्धी छलफल गर्न पाउने जनाधिकारको पनि घाँटी निमोठ्ने घोर निरंकुश फाँसीवादी कदम हो' नेकपा-माओवादीको सोमबार बसेको स्थायी कमिटीको निर्णयमा भनिएको छ।
संविधान बनाउन संविधानसभा बिघटन गरेर सर्वपक्षीय राष्ट्रिय सभा गरेर बृहत छलफल गर्नुपर्ने नेकपा-माओवादीले बताएको छ। -
पहिलो पोस्टबाट
|
वैद्य भन्छन् : दुई जिब्रे कुरा गरियो, पार्टी एकता अब संभव छैन |
|
वैद्य भन्छन् : दुई जिब्रे कुरा गरियो, पार्टी एकता अब संभव छैन |
|
वैद्य भन्छन् : दुई जिब्रे कुरा गरियो, पार्टी एकता अब संभव छैन |
|
वैद्य भन्छन् : दुई जिब्रे कुरा गरियो, पार्टी एकता अब संभव छैन |