रानीबारी हत्याकाण्ड छानविनमा संलग्न चार प्रहरी नगदसहित सम्मानित
३१ जेठ, काठमाडौं । रानीबारी हत्याकाण्डको सफल छानविन गर्ने प्रहरी अधिकारीहरु नगदसहित सम्मानित भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले एक डीआइजी, एक डीएसपी र दुईजना प्रहरी इन्स्पेक्टरलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा रानीबारी हत्या अनुसन्धानमा संलग्न डीआइजी हेमन्त मल्ल ठकुरीलाई ३० हजार नगदसहित सम्मान गरेको छ ।
त्यसैगरी डीएसपी भीमबहादुर दहाल २५ हजार नगदसहित सम्मानित भएका छन् भने प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई २२/२२ हजार रुपैयाँसहित सम्मान गर्ने सरकारले निर्णय गरेको छ ।
विभत्स हत्याको घटना भएको १२ वर्षपछि प्रहरीको टोलीले यो काण्डका दोषीहरुलाई पक्रन सफल भएको थियो ।