शेष घले सरकारका विशेष दूत नियुक्त |
आइतबार बसेको मन्त्रिपरिषद बैठकले घलेलाई पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन विशेष दूत बनाएको हो ।
भूकम्पपछिको पुनर्निर्माणका लागि विदेशस्थित संघ संस्था र समुदायसँग घलेले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन् ।
अन्तरराष्ट्रिय क्षेत्रबाट गैर आवासीय नेपालीहरुबाट सहायता जुटाउन भूमिका खेलिरहेका घलेलाई सरकारले सहायता अभिवृद्धिमा योगदान गर्न सरकारको विशेष दूतका रुपमा औपचारिक जिम्मेवारी दिएको हो ।
यसअघि सरकारले नायिका मनिषा कोइराला एवं कलाकारद्वय हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ र मनिसा कोइरालालाई सदभावना दूत घोषणा गरेको थियो ।