दीक्षितले ल्याए ९४% , नेपाल टप भएको दावी |
शुक्रबार सार्वजनिक भएको एसएलसी नतिजामा १५ वर्षीय दीक्षितले ९४ प्रतिशत अंक ल्याएका हुन्। दीक्षितले पारिवारिक वातावरणले आफूलाई शैक्षिक सफलता हात परेको प्रतिक्रिया दिए ।
दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने योजना रहेको बताए । दीक्षितका बाबु कृष्णप्रसाद पौडेल त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुन् । दीक्षित नेपाल टप भएको दावी गरिएको छ ।
अघिल्लो वर्षको एसएलसीमा भने अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी दृष्टि गिरी र रिलायन्स एकेडेमी, कपनका संजोग कार्कीले समान ९४ दशमलव १२ प्रतिशत अंक ल्याई नेपाल टप भएका थिए।
दीक्षितले पाएको अंक
अंग्रेजी– ९५
नेपाली– ८६
गणित– ९८
विज्ञान– ९८
सामाजिक शिक्षा– ८३
स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३
अतिरिक्त गणित– ९९
कम्प्युटर विज्ञान– १००
जम्मा– ७५२