संचारकर्मी साथीहरु, यसपाली तपाईँहरूको भूमिकाले सारा नेपालीको छाति पग्लिएको छ। तपाईँहरुप्रतिको सम्मान उचो भएकोछ। कृपया यही ‘बोल्ड’ धैर्यतापूर्ण व्यहार र सच्चाइलाई निरन्तरता दिनुहोला अव देशलाई पुनर्जिवित बनाउने जिम्मा तपाईँहरूको हातमा छ।
अहिले नेपाललाई परेको बज्रपातलाई शावधानीपूर्वक ब्यवस्थापन गर्न सकिएन भने अबका पचासौँ वर्षसम्मपनि हामी विकासको मूलधारमा आउन मुश्किल पर्छ। तर, सवल र सक्षम बन्दै गएको नेपलको मिडीयाले यो वेलाको जस्तो संयम्तापूर्ण भूमिका खेल्यो भने हामीलाई विकासको मूलधारमा दौडिन कसैले रोक्न सक्दैन।
बरू भारतीय मिडीया नेपाली मिडीयाको तुलनामा कती कमजोर रहेछ यसपालीका घटनाहरुले प्रष्ट पारे। ब्यवसायिकतामा फड्को मार्न नसकेको भएपनि पत्रकारिताको घर्मलाई नेपाली मिडीयाकर्मीहरुले छाडेका छैनन्। यो नयाँ पुस्ताका लागि बिशेष गरी मिडियाकर्मीका लागि गौरवको कुरा हो।
नहुनु भैसकेपछि अब, जुरुक्क उठेर फेरि देश बनाउने शाहस जुटाउनु बाहेक अर्को विकल्प छैन। मिडियाले अहिले खेलेको भूमिका महत्वपूर्ण छ। पत्रकारहरुले दह्रो खुट्टा टेकिदिनुहोस् सत्यलाई मात्र सत्य भनिदिनुहोस्। देश लडेको बेला अहिले तपाईँहरूले एकदम संयम्तापूर्वक प्रस्तुत भैरहेको छ यो गर्वको कुरा हो।
अव संचारकर्मी अर्को भूमिकामा पनि आउनु पर्छ। विजय कुमार पाण्डे जस्तै बोल्ड सबै संचारकर्मी हुन जरुरी छ। गरेकाहरुलाई धन्यवाद दिन कन्जुस्याईँ गर्न हुँदैन। भारतीय संचारकर्मी प्रोपगाण्डाको चौतारीहरु हुन् त्यसैले यसको ब्यापक बिरोध भयो।
तर, यो सँगै अर्को छिमेकीका नाताले भारतले गरेको सहयोगलाई पनि हामीले धन्यवाद भन्न चुक्नु हुँदैन। यसले नेपालको मुलधारमा रहेका मिडीयाकर्मीको कद अझ उचो बनाउनेछ।
सरकारको मुखमात्र हेरेर वा दोष लगाएर अब बस्ने समय होइन। पत्रकार होस, कलमकार होस्, साहित्यकार होस वा कलाकार हामी सबैले आफ्नो भूमिकाभन्दा थोरै माथि उठेर सेवा र उद्धारको दायित्वबोध गर्यौँ र यो कामलाई संचारमाध्यमले मनोवल थप्ने काम गरीदिए नेपाली संचारकर्मीहरुको शिर अझ उँचो रहनेछ।
प्रशंसाले मानिसहरूको मनोबल झन बढाइ दिन्छ, सम्मान बढाइ दिन्छ र अझ सहयोग गरिरहुँ भन्ने भावना बढाइदिन्छ। त्यसैले यो विपदको घडीमा सहयोग गर्ने विदेशीहरुलाई पनि हामीले धन्यवाद भन्न छुटाउने होइन।
हाम्रा घर भित्रका आर्मी, पुलिस, उद्धारकर्मीहरू सवै रगत र पसिना बगाउँदै हाम्रो धूलो मैलो पखाल्न दिनरात अनवरत मेहनत गरिरहेका छन्। उनीहरुले मानवीयताको नाता देखाएर धन र जनको उत्तिकै सहयोग पुर्याईरहेका छन्। महत्वका साथ हामीलाई साथ दिनेलाई धन्यवाद भनिरहन ढिलाई गर्नु हुँदैन।
नेपाललाई उठाउन सच्चा संचारकर्मीहरु र सक्षम युवाहरु भएपुग्छ। हामी नेपाल पुनःनिर्माण गर्न सक्छौ। पुन संचारकर्मी विजयकुमारकै शब्द सापटी लिउ ‘हामी थाकेका होउला तर, हारेका छैनौं।’
| नेपाली मिडीया नै सक्षम देखिए |
