१३ औं दिनमा 'धरहरा'मा मैनबत्ति - Nepal Travel Book

Thursday, May 7, 2015

१३ औं दिनमा 'धरहरा'मा मैनबत्ति

काठमाडौ, वैशाख २४ - महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा राजधानीका विभिन्न भागमा आज साँझ मैनबत्ति बालिएको छ । विनाशकारी महाभूकम्पले देशभरि ७ हजारभन्दा बढीको ज्यान लियो । राजधानीका धरहरालाई ध्वस्त पार्नुका अलावा यसले तीनवटै दरबार स्क्वायर लगायत धेरै ऐतिहासीक धरोहरहरुमा पनि क्षति पुर्‍यायो ।

सुन्धारा र सानेपामा ज्यान गुमाउने मानिसहरूका साथै भत्किएकाे धरहराकाे पनि स्मृतिमा धराहराकाे मुर्ति बनाएर त्यसमा पनि मैनबत्ति बालियाे ।

बिहीबार साँझ माइतिघर मन्डला, सुन्धारा, बसन्तपुर, सानेपालगायत स्थानमा मैनबत्ति बालेर प्राण गुमाउनेहरुको सम्झना गरियाे ।
१३ औं दिनमा 'धरहरा'मा मैनबत्ति