उहाँले भाडा बढाए वा यतिबेला घरबाट भाडामा बस्नेलाई हटाउन खोजे केहि समयका लागि उसको व्यक्तिगत सम्पत्ति सरकारले नियन्त्रणमा लिने चेतावनीसमेत दिनुभयो । ‘आफू चाहिँ घरकोसमेत कर नबुझाउने, अनि विपत परेका बेला भाडा बढाउन खोज्ने ?’
अर्यालले भन्नुभयो ‘कसैले भाडा बढाउँछ भने उसलाई कारवाही गरिन्छ ।’ उहाँका अनुसार काठमाण्डूका धेरैजसो घरधनीले कर नतिरेको हुनाले कर तिरे÷नतिरेको बारेमा पनि अनुसन्धान गरी उनीहरुलाई कानुनी दायरमा ल्याइने छ ।
कुनै घरधनीले पहिला दिने भन्दा बढी भाडा लिएमा तत्काल नजिकैको प्रहरी कार्यालय वा वडा कार्यालयमा सूचना दिन पनि प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आग्रह गर्नुभयो ।
काठमाडौंका केहि घर भत्किएका र केहि चर्किएका कारण बस्न नमिल्ने भएपछि सग्ला घर धनीले भाडा बढाउन थालेका हुन् । भूकम्पपछि काठमाडौं उपत्यकाका ३४ हजार ४१ वटा घर भत्किएका छन् भने ३६ हजार ५ सय ४५ जना विस्थापित भएका छन् ।
![]() |
| Kathmandu Valley |

