अब नेपालीलाई अमेरिका जान पैसा नलाग्ने ! - Nepal Travel Book

Thursday, May 7, 2015

अब नेपालीलाई अमेरिका जान पैसा नलाग्ने !

nepal - america
काठमाडौं । अमेरिकाका श्रम तथा मानवअधिकार
सहायकमन्त्री स्टेभन फिल्डस्टिन र श्रम तथा रोजगार
राज्यमन्त्री टेकबहादुर गुरुङबीच शिष्टाचार
भेटवार्ता भएको छ ।
श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबारमा भएको
भेटवार्तामा अमेरिका सहायकमन्त्री फिल्डस्टिनले
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले
तिर्नुपर्ने मोटो रकम र कामदारका सेवा–
सुविधाबारे छलफल भएको राज्यमन्त्री गुरुङले
जानकारी दिए ।
फिल्डस्टिनले हालै नेपाल सरकार र इजराय
सरकारबीच निःशुल्क घरेलू कामदार लैजाने सहमतीमा
सरकारले के कस्तो तयारी गरीरहेको भन्ने बारे पनि
जिज्ञासा राखेका थिए ।
त्यसैगरी निजी संस्थामा हुने लैंगिक हिंसाका साथै
अमेरिकामा निःशुल्क नेपाली किसान कामदार
लैजाने सम्बन्धमा छलफल भएको जानकारी दिए ।
छलफलमा सहायकमन्त्री फिल्डस्टिनले अमेरिकाको
क्यालिफोर्नियामा धेरै नेपाली मजदुर
कृषिकार्यमा रहेको भन्दै निःशुल्क र थप मजदुर लैजान
अमेरिका सकारात्मक रहेको जानकारी दिए ।
त्यसम्बन्धमा जेनेभामा हुने आईएलो बैठकका अवसरमा
निर्णयक वार्ता गर्न अमेरीका तयार रहेको स्टेभनले
बताए ।
नेपाल सरकार र इजराय सरकारबीच निःशुल्क घरेलु
कामदार लैजाने सहमती भएपछि श्रम तथा रोजगार
मन्त्रालयले कार्यविधि तयार गरी मन्त्री
परिषद्बाट पनि अनुमोदन भई सकेको छ ।
त्यसकालागि आवश्यक प्रक्रिया चॉडै शुरु गर्ने
तयारीमा श्रम तथा रोजगार मन्त्रालय लागेको छ
गुरुडले बताए ।
श्रोत :-नेपाल सन्देश