एयरबसको नयाँ जहाज टेकअफ लिँदा दुर्घटनाग्रस्त, चारको मृत्यु - Nepal Travel Book

Monday, May 11, 2015

एयरबसको नयाँ जहाज टेकअफ लिँदा दुर्घटनाग्रस्त, चारको मृत्यु

म्याड्रिड—स्पेनमा एउटा नयाँ जहाज टेस्ट उडानका क्रममा दुर्घटनामा हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। दुर्घटना भएको जहाज एयरबसको नयाँ जहाज हो। दुर्घटनामा चालक दलका तीनजना सदस्य सहित ४ जनाको ज्यान गएको स्पेनका प्रधानमन्त्रीले जानकारी दिएका छन्।
एयरबसको नयाँ जहाज टेकअफ लिँदा दुर्घटनाग्रस्त
दक्षिणपश्चिमी स्पेनको सेभिले विमानस्थलनजिकै दुर्घटनाग्रस्त एयरबस ए४००एम नयाँ सैनिक जहाज भएको बताइएको छ। टेस्ट फ्लाइटका क्रममा टेक अफ लिनासाथ सो जहाज दुर्घटना भएको थियो।

जहाजमा एयरबसका अधिकारी सहित १० जना थिए। दुर्घटनास्थल एयरबसको एसेम्बल फ्याक्ट्रीभन्दा नजिकै हो।
एयरबसको नयाँ जहाज टेकअफ लिँदा दुर्घटनाग्रस्त
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको अन्तरार्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। स्पेनिस सरकारले यो मोडलका २७ वटा जहाज किन्न लागेको अवस्थामा एयरबस ए४००एम दुर्घटना भएको उल्लेख गरेका छन्।