ज्याकीले दिए ७७ लाख - Nepal Travel Book

Monday, May 11, 2015

ज्याकीले दिए ७७ लाख

सिंगापुर- हलिउड अभिनेता ज्याकी च्यानले नेपाली भूकम्पपीडितका लागि एक लाख सिंगापुर डलर सहयोग गरेका छन्। सिंगापुरमा शनिबार आयोजना गरिएको 'नेपाल अर्थक्वेक रिलिफ फन्ड' नामक कोष स्थापना कार्यक्रममा सहभागिता जनाउँदै च्यानले करिब ७७ लाख नेपाली रुपैयाँ सहयोग गरेका हुन्।

ज्याकी च्यानबाट थप सहयोग आउन सक्ने सम्भावना रहेको पनि स्रोतले उल्लेख गरेको छ। सिंगापुरमा रहेका नेपाल सरकारका प्रतिनिधिहरु ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनसँग सम्पर्कमा रहेको र च्यानले व्यक्तिगत रुपमा पनि नेपालमा राहतका सामान पठाउने तयारी गरिरहेको च्यानको ब्लग 'सुपरच्यान ज्याकी च्यान'मा उल्लेख गरिएको छ।

च्यानले सन् २०११ मा जापानका सुनामी पीडितका लागि लाखौं डलर उठाइदिएका थिए।
ज्याकीले दिए ७७ लाख