काठमाडौंमा फेरि अर्को भूकम्पको धक्का - Nepal Travel Book

Sunday, May 10, 2015

काठमाडौंमा फेरि अर्को भूकम्पको धक्का

काठमाडौं : विनाशकारी भूकम्प गएको १५ दिनपछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस भएको छ । आइतबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । आइतबार दिउँसो गएको सहित हालसम्म ४ रेक्टर स्केलमाथिका १५९ वटा भूकम्पका धक्का महसुस भइसकेको छ । आइतबार दिउँसो गएको भूकम्प कम्तिमा ४ रेक्टर स्केलमाथिको भएको भूकम्प विज्ञहरुको भनाइ छ ।