| डलरको मूल्य १ सय २ नाघ्याे |
राष्ट्र बैंकले तोकेअनुसार आजका लागि डलरको खरिद दर र विक्रिदर दुवै मूल्य १ सय २ रुपैयाँ नाघेको छ ।
शनिवारका लागि डलरको खरिददर मूल्य १ सय २ रुपैयाँ ९ पैसा तोकिएको छ भने विक्रिदर मूल्य १ सय २ रुपैयाँ ६९ पैसा तोकिएको छ । यसअघि बिहिवार अमेरिकी डलरको मूल्य खरिददर १ सय १ रुपैयाँ २४ पैसा र विक्रिदर मूल्य १ सय १ रुपैयाँ ८४ पैसा रहेको थियो ।
भारतमा डलरको मूल्य बढेपछि त्यसको असर नेपालमा परेको हो ।
