२६ भदौ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले तराई मधेसमा भइरहेको आन्दोलनको समाधान राजनीतिक तहमा नै गर्नुपर्ने बताएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले शनिबार विज्ञप्ति जारी गरेर पछिल्लो समयमा महोत्तरी, धनुषा र सप्तरीमा गरी ११ जना सर्वसाधारणको ज्यान जाने गरी भएको प्रहरी कारबाही तथा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई एम्बुलेन्सबाट निकाली नृशंसतापूर्वक गरिएको हत्या मानव अधिकार र मानवीय कानूनको दृष्टिकोणबाट निन्दनीय एवं खेदजनक भएको बताएका छन् ।
मानवअधिकार आयोगले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानूनबमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगको शनिबार बसेको आकस्मिक बैठकले आन्दोलनलाई संयमित र शान्तिपूर्ण बनाउन सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।
‘सरकारले सुरक्षा संयन्त्र परिचालन सम्बन्धमा गरेको पछिल्लो समयको निर्णयमा पुनर्विचार गर्न र बन्द हडताल लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी सार्थक संवाद र वार्ताबाट नै अहिलेको परिस्थितिलाई जिम्मेवारीपूर्वक सही दिशामा डोर्याउन आग्रह गर्दछ’ मानवअधिकार आयोगले भनेको छ ।
आयोगले आन्दोलनको क्रममा जीवन गुमाएका नागरिक तथा सुरक्षाकर्मीहरुको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह गरेको छ ।
साथै घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि भनेको छ ।