बर्दियामा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु - Nepal Travel Book

Friday, September 4, 2015

बर्दियामा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु

१८ भदौ, गुलरिया । बर्दियाको मैनापोखर बजारमा प्रदर्शनकारीको आक्रमणमा परेका प्रहरी हबल्दार देबबहादुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दियाको गुलरिया-नेपालगञ्ज सडकखन्ड अन्तर्गत बर्दियाको मैनापोखर बजार नजिकै प्रहरी हबल्दार पाण्डेमाथि आक्रमण भएको थियो ।

उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘धारिलो हतियार प्रहार भएको थियो अत्यधिक रक्तश्रावले मृत्यु भयो ।’

बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले मैनापोखरमा चार-पाँच राउण्ड गोली चलेको पुष्टि गरे ।