मंसिरदेखि हस्तलिखित पासपोर्ट नचल्ने - Nepal Travel Book

Wednesday, September 2, 2015

मंसिरदेखि हस्तलिखित पासपोर्ट नचल्ने

जतिसक्दो चाँडो एमआरपी बनाउन सरकारको अनुरोध

१६ भदौ, काठमाडौं । सरकारले मंसिर अघि नै मेसिन रिडेबल पासपोर्ट बनाइसक्न हस्तलिखित पासपोर्ट बाहक नेपालीहरुलाई सूचित गरेको छ ।

परराष्ट्र मन्त्रालयको राहदानी विभागले अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै २४ नोभेम्बर २०१५ अर्थात मंसिर ८ गतेदेखि सम्पूर्ण हस्तलिखित राहदानी मान्य नहुने भएकाले जतिसक्दो चाँडो मेसिन रिडेबल पासपोर्ट बनाउन अनुरोध गरेको हो ।

राहदानी विभागका निर्देशक शरदराज आरणका अनुसार विदेशमा रहेका नेपालीले सम्बन्धित राजदूतावासहरुमा सम्पर्क गरी एमआरपी बनाउन सक्नेछन् ।

मंसिर ८ देखि विश्वका कुनै पनि देशले हस्तलिखित पासपोर्ट स्वीकार गर्ने छैनन् ।