साफ च्याम्पियनसिप उपाधि नेपाललाई - Nepal Travel Book

Saturday, August 29, 2015

साफ च्याम्पियनसिप उपाधि नेपाललाई

साफ च्याम्पियनसिप उपाधि नेपाललाई

टाई ब्रेकरमा भारत ५–४ ले पराजित

काठमाडौं : पहिलो यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ।

नेपाली फुटबलमा रहेको सन् १९९३ देखिको उपाधिको खडेरीलाई तोड्दै नेपालले उपाधि उचालेको हो ।

शनिबार भएको फाइनल भिडन्तमा नेपालले टाइ ब्रेकरमा भारतलाई ५–४ गोलअन्तरले पराजित गर्न सफल भएको हो । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा सन् १९९३ यता उपाधि जित्न सकेको थिएन ।

नेपालले बलियो र चिर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रभावशाली खेल पस्कँदै उपाधि जित्न सफल भएको हो । शुरुवातबाटै भारतलाई डिफेन्सिफ हुन बाध्य पारेको नेपालले ३१ औं मिनेटमा गोलको खाता खोलेको थियो ।

नेपालका लागि सुनिल बलले खेलको ३१ औं मिनेटमा दिएको कर्णर बललाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका थिए । उनले अनन्त तामाङको हेडलाई भारतीय किपरले बचाएपछि फर्केको बललाई जाली चुमाएका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भरिभराउ दर्शकबीच भएको फाइनल भिडन्तमा नेपालले दोस्रो हाफमा पनि आक्रमक खेल पस्केको थियो ।

आजको खेलमा विमल घर्तीमगरका दर्जनौं प्रयासलाई भारतीय रक्षकले असफल बनाइदिए ।

खेलको अन्तिम पाँच मिनेट बाँकी रहँदासम्म नेपालले उपाधि घरैमा राख्ने अवस्था थियो । तर खेलको ८८ औं मिनेटमा नेपालका दिनेश राजबंशीले डिबक्सभित्र हेन्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले खेललाई बराबरीमा ल्याए ।