सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.१ को पराकम्पन |
बुधबार मात्रै चार पटक भूकम्पका पराकम्पन गएका छन् । त्यसमध्ये तीन पटक सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर कम्पन भएको केन्द्रले जनाएको छ । बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंको कीर्तिपुरलाई केन्द्र विन्दु बनाएर ४.४ म्याग्निच्यूटको पराकम्पन गएको छ । त्यस्तै ६ बजेर १४ मीनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.२ म्याग्निच्यूटको तथा सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ६ बजेर २६ मीनेटमा ४ म्याग्निच्यूको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको भूकम्पपछि त्यसका पराकम्पन आउनेक्रम जारी छ ।